फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
जेठ ३१, २०७६
धनगढी – वैशाख १५ गते प्रदेश नम्बर २ को बारा र धनुषामा हावाहुरीले ठूलो क्षति पुर्यायो । सुदूरपश्चिम प्रदेश सरकारले त्यहाँका पीडितलाई १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्यो । जसबाट प्रदेश सरकारले वाहवाही बटुल्यो ।
जेठ २३ गते राति आएको हावाहुरीले कैलाली र कञ्चनपुर तहसनहन पार्यो । कच्ची र जस्तापाताको छानोसहित घर तथा भौतिक संरचना बाँकी नरहने गरी उडायो । २ जनाले ज्यान गुमाए, सयौ घाइते भए ।
हावाहुरीले बितण्डा मचाएको १ साता बितेको छ । पीडित ४२ डिग्री गर्मीको खुुला आकाशमुनि छन् तर अरुलाई सहयोग गर्न सक्ने हैसियत राख्ने प्रदेश सरकारकै नागरिक हाल राज्यविहीनताको महसुस गर्न थालेका हुन् ।
घटना लगत्तै छिटोछरिटोे रुपमा राहत वितरण गर्नुपर्छ तर त्यही राहत वितरणकै लागि लगत संकलनमै धेरै समय खर्चिनु र सरकारका मन्त्री, सांसद तथा नेताहरू सस्तो लोकप्रियताकै लागि राहतको नाममा त्रिपाल मात्रै बाँड्दै, सेल्फी लिँदै हिड्न थालेपछि पीडितलाई रुनु न हाँस्नु भएको छ ।
धनगढी उपमहानगरपालिका–७ देवहरियाका जयनारायण चौधरीले भने, ‘लगत संकलन गरेर गए तर फर्केका छैनन् । कहाँ–कहाँ त्रिपाल बाँडेको सुनिन्छ । अझैसम्म कसैको राहत देख्न पाएनौं ।’ हावाहुरीले जयनारायण चौधरीको घरको छानो र भित्ता उडाइ दिएको छ ।
देवहरियाकै चुन्नु चौधरीले भएको घर हावाहुरीले भताभुङ पारेपछि नयाँ घर बनाउन जुटेका छन् । ‘के गर्ने हजुर, हेर्न मात्रै आउँछन् । सहयोग गर्ने कोही छैनन् । आफ्नो घर आफैं बनाउनैपर्यो । विद्युत् पनि छैन । यो बेला कुनै सरकारको मुख देखेका छैनौं,’ उनले दुखेसो सुनाए ।
प्रदेश सरकारले पीडितको अवस्था हेरेर राहत दिने घोषणा नगरेको होइन, सहानुभुुति पनि नदेखाएको होइन तर राहत सामग्री वितरणमा ढिलासुस्ती हुँदा पीडितलाई झनै पीडित बनाएको हो ।
व्यापारीको लूट
हावाहुरीले घरको छानो उडाएपछि छिमेकीको शरणमा परेकी धनगढी–७ मनेहराकी होमा तामाङले भनिन्, ‘राहतको नाममा एउटा त्रिपाल पाए । सो त्रिपालले अन्नपात जोगाउने कि आफू बाँच्ने ? घर बनाउन सहयोग जुटाई दिए सरकारप्रति आभारी हुने थियौैं ।’
ऋण सापटी गरेर जस्तापाता किनेको बताउँदै उनले त्यसैमाथि व्यापारीले जस्तापाताको मूल्य बढाएपछि पर्नुसम्मको पीर परेको दुःख पोखिन् । १३ सय पर्ने जस्तापाताको मूल्य बढाएर व्यापारीले १७ सय रुपैयाँमा बिक्रीवितरण गर्न थालेको बताइन् । जसको अनुगमन पनि गरिनुपर्ने उनको भनाई छ । जस्तापाताका साथै अन्य निर्माण सामग्रीको मूल्यमा समेत वृद्धि गरिएको पीडितको गुनासो छ ।
सरकारी घोषणा
प्रदेश सरकारले घाइतेको औषधोपचारको व्यवस्था गर्ने, मृतकका परिवारलाई डेढ लाख रुपैयाँ, पूर्ण रुपमा घर क्षति भएकालाई २० हजार रुपैयाँ र आंशिक रुपमा क्षति भएकालाई १० हजार रुपैयाँ दिने निर्णय गरेको छ भने संघीय सरकारले मृतकका परिवारलाई १ लाख रुपैयाँ राहत दिने घोष्णा गरेको छ तर त्यही घोषणा कार्यान्वयनमा ढिलाइ भएपछि सरकारको कोरा घोषणाप्रति टीकाटिप्पणी शुरू भएको छ ।
विनाशकारी हावाहुरीले कैलालीमा २ हजार २ सय १६ घरमा क्षति, २ जनाको मृत्यु भएको र ७६ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । घाइतेमध्ये ७१ जना घर फर्केको पनि जनाइएको छ ।
यसैबीच जिल्ला प्रकोप उद्धार समिति कैलालीले मृतक टीकापुर नगरपालिका–२ का लहानु चौधरीको परिवारलाई १ लाख रुपैयाँ राहत हस्तारण गरेको छ भने अर्का मृतक गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरीका परिवारलाई गोदावरी नगरपालिकाले २५ हजार रुपैयाँ हस्तारण गरेको छ तर प्रदेश सरकार र संघीय सरकारको घोषणा अझै कार्यान्वयन हुन सकेको छैन ।
कञ्चनपुर जिल्लामा हावाहुरीबाट १७ सय घरधुरी प्रभावित भएका थियो भने २३ जना घाइतेमध्ये १५ घर फर्केको बाँकी कैलालीको सेती अञ्चल अस्पतालमा रेफर गरिएको थियो । अझै २ जनाको उपचार जारी रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले बताए । प्रजिअ वैद्यले प्रभावित परिवारलाई त्रिपाल र अवस्था हेरेर नगद रुपैया वितरण गर्ने कार्य भइरहेको दावी गरे ।
मन्त्री सपथ ग्रहणमै व्यस्त
केही मात्रा जिल्ला प्रशासन कार्यालय र केही स्थानीय तहले राहत वितरण गर्न थालेपनि प्रदेश र संघीय सरकारबाट राहत वितरणको कुनै सुुरसार छैन । राहत वितरणवारे लोकान्तरले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँंग सम्पर्क गर्न खोजेको थियो तर उनी आफू कार्यक्रम भएको र सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्रीसँग बुझ्नुपर्ने भन्दै पन्छिए ।
सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानून मन्त्री शाहले बोल्न चाहेनन् । उनका स्वकीय सचिवका अनुसार मन्त्री शाह नेकपा बाजुरा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रममा निस्केका छन् ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...