गर्मी (कविता)

 राजन पराजुली

 


Advertisement

नदिमा जसरी पानीको बेग बग्छ
अग्लो पहाड़ बाट जसरी झर्ना बनेर पानी खस्छ
उस्तै गरि शरिरका हरेक अंगहरूबाट
एक नदि बगि रहेको छ
हिऊ चुलीको हिऊ पग्लियर पानी बनि
तल रहेको नदिमा मिस्सिन दौडिन्छ
पहाड़को खोल्सा खोल्सिबाट बाटो बनाउदै
तराईमा रहेको नदिमा मिस्सिन पानी आत्तिन्छ
मेरा हरेक अंगहरूबाट उस्तै गरि
नदिका फोहोराहरू ह्वाल्ल निस्किदै
तल झर्न आतुर हुन्छन
- तल कुनै नदि छैनन्
- तल कुनै खोला छैनन्
- तल कुनै खाल्टा खुल्टि छैनन्
 जाडो याममा कयौ दिन पानी नपाएको शरिर
हिजो आज हरेक दिन शरीर बाट उत्पादित पानीले
बाहिर टलङ्क टल्किने गरि लगाएका लुगा समेत
पानीले रूझाए झै भिझाई दिन्छन
शरिर गर्मी याममा पानी निस्किने मुल भईदिन्छ
- अनुहार पूरै पानी पानी हुन्छ
- छाति,भुडि बाट पानीको नदि बग्छ
- खुट्टामा लगाईएको जुत्तामा पानी संङ्लिन्छ
आकाश माथि रहेको तातो सूर्यले
मानिसको शरिरलाई गर्मी समयमा
वरफ सम्झिन्छ,हिऊ मान्छ
जसलाई तातो तापक्रमले पगालेर
पानी निकालि वाफ बनाएर आफुलाई ठंडा बनाउछ
कोचाकोच रहेको बस भित्र गर्मीको कारण
हरेकको शरिरबाट नदि जसरी बगेको पानीले
दुर्गन्धको ठूलो बाढि ल्याई पुर्याई दिन्छ
हप्तामा एक पटक नुहाउने लाई पनि
हरेक दिन शरिर भिज्ने गरि नुहाईदिन्छ
गरिबीपनले शरिरमा सुगंध छर्न नपाएकालाई
गर्मीको कारण शरिरबाट सुगंध उत्पादित गरिदिन्छ
लामो लुगाले आफ्नो शरिरका अंगहरू छोपेका
सयौँ नारीहरूलाई 
अंग प्रदर्शन गर्ने वातावरण गराई दिन्छ
गर्मीले शरिरलाई समुद्र जस्तै बनाई दिन्छ
जहाँ बाट अनगिन्ति रूपमा नुनिलो
पानी बगि रहन्छ
बगि रहन्छ


Advertisement

 

चितवन

कमेन्ट गर्नुहोस्