×

NMB BANK
NIC ASIA

अर्थमन्त्री बोहरालाई बजेट सरगर्मी, भोलि २९ अर्ब बजेट आउँदै

जेठ ३२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले भोलि असार १ गते आगामी आर्थिक वर्ष २०७६/२०७७ को लागि बजेट कार्यक्रम प्रस्तुत गर्दैछ ।

Muktinath Bank

असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले झण्डै २९ अर्ब बराबरको बजेट कार्यक्रम ल्याउन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसको तयारी पूरा भएको सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जनाए । चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले असारसम्ममा करीब ६० प्रतिशत बजेट खर्च गर्ने दाबी गर्दै आएको छ । तर आउँदो वर्षको लागि ४ अर्ब भन्दा बढी बजेट ल्याउन लागेको सरकारले बजेट कार्यान्वयन गर्न सक्ला त ? भन्ने आशंका उत्तिकै बढाएको छ । बजेट कार्यान्वयन नहुने विगतकै परिपाटी दोहोरिने त होइन ? भन्ने लोकान्तरको जिज्ञासामा मन्त्री बोहरालो भने, ‘कर्मचारी समायोजन, आवश्यक कानून नभएको कारण चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्न सकेनौं । तर अब कर्मचारी समायोजन पूरा भएकोले आउँदो बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी ल्याउँदै छौ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको बताए । वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने बताउँदै उनले विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेर बजेट ल्याउन थालेको बताए । प्रदेशको गरिबी, बेरोजगारी र बाजुरा जस्ता विकट जिल्लाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउने समेत जनाइएको छ भने विगतको केही योजनाहरू दोहोरिने र केही नयाँ योजनाहरू थपिएर बजेट ल्याउन लागिएको छ ।

Vianet communication
Laxmi Bank

बजेट भाषण भोलि साढे ४ बजेबाट शुरू हुने जनाइएको छ । यसैबीच मन्त्री बोहरालाई बजेट निर्माण तथा तयारीमा निकै सकस भएको पाइएको छ । सत्तारुढ दल नेकपाभित्रै बजेट कार्यक्रमलाई लिएर सांसदबीच रस्साकस्सी चलेपछि बजेट तयारीमा पनि उत्तिकै सकस भएको स्रोतको दाबी छ । उसैपनि बजेट कार्यक्रम समावेश गर्न प्रतिपक्षी दलले चर्को दबाब दिएको स्रोतको दाबी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x