गुठी विधेयक खारेजीको मागसहित माइतीघरमा मानवसागर [फोटोफिचर]

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौं – सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै हजारौंको संख्यामा नागरिकहरू माइतीघर मण्डलामा भेला भएका छन् ।

राजधानीका विभिन्न क्षेत्रबाट आएका गुठीयारसहितका सरोकारवालाहरू माइतीघर मण्डलामा भेला भएका हुन् ।


Advertisement

माइतीघरमा 'गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम' भइरहेको छ । सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै प्रदर्शन भएको हो ।

विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले त्यसलाई खारेजी नै गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।

भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले थप परामर्शका लागि भन्दै मंगलवार विधेयक फिर्ता लिइएको घोषणा गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्