इमाडोलमा प्रभू बैंकको नयाँ शाखा कार्यालय सञ्चालन

काठमाडौं – प्रभू बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोलमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ । 

शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका थिए । बैंकको इमाडोल शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । 


Advertisement

कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभू बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै इमाडोल शाखा कार्यालयबाट सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल, सहज रुपमा प्रभू बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए ।

इमाडोल शाखा समेत गरी बैंकले  हालसम्म १८५ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दैै आएको छ ।

शुक्रवारदेखि सञ्चालनमा आएको शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघसंस्थाले प्रभू बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र नगरवासीको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

कमेन्ट गर्नुहोस्