सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ६५ हजार

काठमाडौं- नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ ।

आइतवार छापावाल सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भएको छ।  यसअघि शुक्रवार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । 


Advertisement

यस्तै तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी तोलामा ७४० रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्