थाइल्यान्डको बौद्ध मन्दिरमा फूटबलर डेभिड बेकहमको स्वर्णमूर्ति स्थापित

काठमाडौं – थाइल्यान्डको एक बौद्ध मन्दिरमा इंग्लिश फूटबलर डेभिड बेकहमको स्वर्ण मूर्ति स्थापना गरिएको छ । 

यो मूर्ति २० वर्षअघि बनाइएको थियो । । त्यतिखेर इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले एकै सीजनमा तीनवटा ट्रफी जितेको थियो । 


Advertisement

परिवात मन्दिरका उपमठाधीश बूनरेउङ पोनियोभारोका अनुसार, ‘प्रेमियर लीग, एफए कप र युईएफए च्याम्पियन्स लीग जितेको म्यानचेस्टर युनाइटेड क्लबका खेलाडी बेकहमको मूर्ति त्यतिबेलै बनेको हो ।’

बेकहमको मूर्ति परम्परागत गरुड जस्तो गरी बनाइएको छ । बेकहमले टीमको जर्सी लगाएका छन् र उनको ट्रेडमार्क फ्लप्पी कपाल पनि बनेको छ ।

बेकहमको मूर्ति हेर्न अहिलेसम्म पनि पर्यटकहरू आउने गरेका छन् । 

उक्त मन्दिरमा वुल्भरिन, सुपरम्यान, पिकाचुका मूर्तिहरू पनि राखिएका छन् । 

बौद्ध धर्मको रक्षा गर्न यी सुपरहिरोहरूको मूर्ति राखिएको मन्दिर प्रशासन बताउँछ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्