×

NMB BANK
NIC ASIA

‘क्लिनफिड’को विरोधस्वरुप विदेशी च्यानल बन्द!

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– डिजिटल टिभी सेवा प्रदायकहरुले नेपालमा सञ्चालन गर्दै आएका विदेशी टिभी च्यानल बन्द गरेका छन् । डिजिटल टिभी सेवा प्रदायकहरुको साझा संयन्त्र ‘इन्टरनेट तथा डिजिटल टिभी सेवा प्रदायक समन्वय समिति’ले सोमवार दिउसोदेखि टिभी च्यान बन्द गरेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले नेपालमा सञ्चालनमा रहेका विदेशी च्यानलहरु ‘क्लिन फिड’ (विज्ञापन रहित) हुुनुपर्ने नीति ल्याएको छ । सरकारले ल्याउन लागेको ‘क्लिन फिड’ सम्बन्धि विधेयक संसदको राष्ट्रिय सभाबाट पारित भई संसदमा छलफलको क्रममा रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो विधेयकमा नेपालमा सञ्चालनमा रहेका विदेशी च्यानलहरु विज्ञापन रहित हुनपर्ने प्रावधान राखेकोले क्लिन फिड लागु भएमा कस्तो अवस्था आउँछ भन्ने जानकारी दिन दवावस्वरुप सोमवार दिउँसो तीन बजे देखि मंगलवार दिउँसो तीन बजेसम्मका लागि विभिन्न च्यानलहरु बन्द गरेको हो । 


Advertisment
Nabil box
Kumari

नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी भएको र विदेशी च्यानलहरुका साझा संस्था इन्डियन ब्रोडकाष्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ रहेको यसअघि नै जानकारी गराइसकेको संघर्ष समितिको भनाई  छ ।
क्लिन फिड लागु भएमा डिजिटलाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने चिन्ता इन्टरनेट सेवा प्रदायकहरुको रहेको छ ।

Vianet communication
Laxmi Bank

समितिले सोमवार पत्रकार सम्मेलन गर्दै सोको जानकारी गराएको हो । समितिमा साझा इन्टरनेट सेवा प्रदायक एसोसिएसन अफ नेपाल (स्पान) तथा नेपाल केवल टिभी महासंघ र अन्य डिजिटल टिभी सेवा प्रदायकहरु डिसहोम, नेट टिभी तथा प्रभु टिभी लगायतका सेवा प्रयदाक रहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x