शकिब अल हसन साबित हुँदैछन् यस विश्वकपमा सर्वोत्कृष्ट खेलाडी

काठमाडौं – यस क्रिकेट विश्वकपमा बंगलादेशका अलराउन्डर शाकिब अल हसनको रेकर्ड निकै उम्दा छ । 

उनले अहिलेसम्म ६ खेलमा ४७६ रन बनाएका छन् र १० विकेट पनि हात पारेका छन् । उनकै योगदानका कारण बंगलादेश टीम सेमिफाइनलको रेसमा अझै छ र उसले दुई खेल खेल्न बाँकी नै छ । 


Advertisement

अलराउन्डर शाकिब चाहिँ म्यान अफ द टूर्नामेन्टका बलियो दाबेदार बनेका छन् । 

शाकिबको खेल अहिले उच्चस्तरको छ । अफगानिस्तानविरुद्ध सोमवार खेलेको खेलमा उनले अर्धशतक पनि बनाए अनि पाँच विकेट पनि लिए । विश्वकपमा यसो गर्ने उनी तेस्रा खेलाडी हुन् । यसअघि कपिल देव र युवराज सिंहले यो उपलब्धि हासिल गरेका थिए । 

आईसीसीको वरीयतामा शाकिब अलराउन्डरहरूको सूचीमा शीर्ष स्थानमा छन् । उनले यस प्रतियोगितामा तीनपटक म्यान अफ द म्याच उपाधि हात पारिसकेका छन् । 

अंकतालिकामा बंगलादेश अहिले पाँचौं स्थानमा छ । तर शाकिब चाहिँ अंकतालिकामा शीर्ष स्थानमा छन् । उनी सर्वाधिक रनका साथ शीर्ष स्थानमा रहेका हुन् ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्