पाकिस्तानका प्रशिक्षक मिकी आर्थरले भने – भारतसँग हारेपछि आत्महत्या गर्न मन लागेको थियो

काठमाडौं – पाकिस्तान क्रिकेट टोलीका प्रशिक्षक मिकी आर्थरले भारतसँग हारेपछि आत्महत्या गर्न मन लागेको खुलासा गरेका छन् । 

पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएपछि आर्थरले यो कुरा बताएका थिए । भारतसँग हारेपछि भएको आलोचनाले टोली निकै दुःखी भएको तर अहिले टोलीमा निकै जोश छ । 


Advertisement

आर्थरले भने, ‘भारतसँग हारेपछि म आत्महत्या गर्न चाहन्थें तर यो खेल मात्र हो पूरै जीवन नै यही हैन भन्ने लाग्यो । हारपछि पाकिस्तानी क्रिकेटरहरूलाई सामाजिक सञ्जालमा खुबै उडाइयो र उनीहरू आहत भए । उनी सुत्न सकेनन् ।’

आर्थरलाई एक पत्रकारले सोधे, ‘अन्तिम ओभरतिर आइपुग्दा हारिस सोहेल थाकेका थिए र, उनले शतक पूरा गर्न सकेनन् नि !’ त्यो सुनेर आर्थर रिसाए । उनले भने, ‘हारिसले ५९ बलमा ८९ रन बनाएका थिए । यस्तो उम्दा पारी निकै पछि देख्न पाइयो । तपाईंहरू राम्रो कुरा चाहिँ किन लेख्नुहुन्न ?’

दक्षिण अफ्रिकालाई हराएर पाकिस्तान अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ । सेमिफाइनल पुग्नका लागि उसले बाँकी तीनैवटा खेल जित्नुपर्ने हुन्छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्