संसदमा आएनन् प्रधानमन्त्री, ओलीको तर्फबाट अर्थमन्त्री खतिवडाले दिए जवाफ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि उनको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा जवाफ दिएका छन् ।

विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रमको अन्तिममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जवाफ दिने पालो थियो । 


Advertisement

प्रधानमन्त्री ओलीको तर्फबाट अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संस्कृति पर्यटक तथा नागरिक उड्यान मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय अन्तर्गत विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका हुन् ।

असार ३ गते बोल्नको लागि रोस्टममा उभिइसकेपछि प्रमुख प्रतिपक्षी दलले बोल्न नदिएपछि प्रधानमन्त्री ओली संसद गएका छैनन् ।

विनियोजन विधेयकमाथि उठेका प्रश्नको सबै मन्त्रीले जवाफ दिइसकेका छन् । जवाफ सकिएसँगै प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित हुने चरणमा प्रवेश गरेको छ ।

कमेन्ट गर्नुहोस्