भन्सार छलिएको २ लाख ५६ हजार बराबरको सामान सशस्त्रद्वारा बरामद

सांकेतिक तस्वीर

काठमाडौं–वीरगञ्जबाट २ लाख ५६ हजार रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । 

भारतको रक्सौलबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, हार्डवेयर र किरानाका सामान बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरज कुमार श्रेष्ठले लोकान्तरलाई बताए ।


Advertisement

मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हेड क्वार्टर र राजस्व तथा भन्सार सुरक्षा गुल्मबाट खटिएको टोलीले समाएर भन्सारलाई बुझाएको श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्