‘गलबन्दी’ विवादमा शम्भु राई र प्रकाश सपुतबीच सहमति : शम्भुले नाम पाउने, दाम नपाउने

काठमाडौं – लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ ।

सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो ।


Advertisement

सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ । 

सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ ।

हेर्नुस् यस्तो छ सहमति :

कमेन्ट गर्नुहोस्