लाइसेन्स परीक्षामा घुस लिनेविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र लिन सञ्चालन गरिने परीक्षा उत्तीर्ण गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिने हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखराका कर्मचारीसहित ४ जनाविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

लिखित र ट्रायल परीक्षा उतीर्ण गराइदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिने सो कार्यालयका द्वितीय अपरेटर कुमार लामिछाने, मेट्रो ड्राइभिङ स्कुलका सञ्चालक खगेन्द्रप्रसाद काफ्ले, यातायात कार्यालयका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशरबहादुर मल्लविरुद्ध मुद्दा दायर गरिएको हो । 


Advertisement

अपरेटर लामिछाने र स्कुलका सञ्चालक काफ्लेले यातायात कार्यालयका खरिदार तिवारी र प्रसनी मल्लसँग मिलेमतो गरी सेवाग्रहीसँग घुस लिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको थियो ।

आयोगले चारै जनाविरुद्ध जनही ४० हजार रुपैयाँ बिगो माग गरेको छ ।

कमेन्ट गर्नुहोस्