कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं - राजधानी काठमाडौं उपत्यकामा धुवाँ, धुलो र दुर्गन्धबाट हैरान नभएका सर्वसाधारण सायदै होलान् । नेपाललाई सफा, सुन्दर र हराभरा बनाउने परिकल्पना राजनीतिक भाषणमा खुबै सुनिन्छन् तर अवस्था सुध्रिने कहिले हो कहिले ? जनतालाई पत्तो छैन ।
एकातिर फोहोर गन्हाएको दुर्गन्ध र अर्काेतिर धुलोयुक्त हावाले सर्वसाधारण हैरान छन् । तर स्वच्छता कायम गर्नुपर्ने सरकारी निकायका अधिकारी मस्त छन् । झन् प्रधानमन्त्री केपी शर्मा ओली त धुलोधुवाँबाट बच्न मास्क लगाउने मान्छे घटेको बताउँछन् ।
जनताको करबाट किनिएको सुविधासम्पन्न गाडीमा गुड्ने प्रधानमन्त्री ओलीले जनताका दुःख देख्नै छाडेका छन् तर जनतालाई धुलोधुवाको हैरानीले छाडेको छैन ।
प्रधानमन्त्री ओलीले गत शनिवार राष्ट्रिय सभा गृहमा स्वर्गीय मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंमा अहिले कसैले पनि माक्स लगाएर नहिँडेको बताएका छन् । ओलीको बोली सुनेर सर्वसाधारण भने आक्रोशित भएका छन् । प्रधानमन्त्री ओलीले जनताका समस्या देख्नै छाडेको प्रष्ट देखिएपछि आक्रोश नबढोस् पनि किन ?
सामाजिक सञ्जालमा कतिपयले प्रधानमन्त्रीको आलोचना गरिरहेका छन् भने कतिपयले कारमा हिँड्नेले आम सर्वसाधारणको पीरमर्का बुझ्न नसक्ने व्यंग्य गरिरहेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई सडकको दृश्यले खण्डन गरेको छ झूटो सावित गरिदिएको छ । धुलोधुवाँले हैरानी दिने काठमाडौंका सडकमध्येको एक हो –चाबहिल–जोरपाटी सडकखण्ड । जहाँ मास्क लगाएका सर्वसाधारण र धुलोधुँवा आतंक सहजै देख्न सकिन्छ ।
तर प्रधानमन्त्री ओलीले जनताका समस्या र दुःखलाई किन ढाकछोप गर्न खोजिरहेका छन् ? ओलीले काठमाडौंका जनता मास्क लगाउँदैनन् भन्नु सूर्यलाई हत्केलाले छेकेजस्तै भएको त छ, सँगसँगै सर्वसाधारणले प्रधानमन्त्रीलाई हेर्ने दृष्टिकोण समेत नकारात्मक भइरहेको छ । तसर्थ सरकार चलाउने प्रधानमन्त्री, मन्त्रीदेखि नेता ज्यूहरूले जिब्रो चलाउँदाखेरी ख्याल गरेर बोल्ने कि ?
हेर्नुहोस् भिडियो -
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...