कात्तिक १९, २०८०
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
राजधानी काठमाडौं उपत्यकामा धूलो नियन्त्रण भइसकेको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक गरिसकेका छन् ।
मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधामनन्त्री ओलीले काठमाडौंमा मास्क लगाउनको संख्या घटेको दाबी गरे ।
त्यसको एक सातापछि शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा अन्य दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा सरकार विरोधीहरूले मास्क लगाएको समेत भन्न भ्याए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संसद्को रोष्टमबाटै काठमाडौं उपत्यकामा धूलो नियन्त्रण भएको दाबी गरिसकेका छन् ।
काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा प्रधानमन्त्रीले दाबी गरेजस्तो छैन । प्रधानमन्त्रीको अभिव्यक्तिले सडकमा मास्क लगाएर हिड्नेहरू सरकारविरोधी करार भएका छन् ।
मास्क लगाएर हिँड्ने नेकपाका कार्यकर्तालाई धर्मसंकट भएको छ– स्वास्थ्यका लागि मास्क लगाउने कि सरकारको समर्थनका नाममा धूलो खाँदै हिँडने !
सरकारका समर्थकलाई पनि प्रधानमन्त्रीको अभिव्यक्तिले अप्ठ्यारो पारिदिएको छ ।
काठमाडौंमा वायु प्रदूषणको अवस्था त बलिउड नायिका जुही चावलाले ट्वीटरमार्फत् सार्वजनिक गरिसकेकी छन् ।
सरकारको कार्यकारी हैसियमा रहेका प्रधानमन्त्री ओलीले राजधानीलाई सफा र स्वस्च्छ बनाउने प्रतिबद्धता जनाउनुपर्दथ्यो । उनको निर्देशन कार्यान्वयन गर्ने सरकारी अधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्दथ्यो । उपत्यकाको धूलोको मुहान सुकाउनु पर्दथ्यो ।
बरू प्रधानमन्त्रीले भन्नु पर्दथ्यो, विगतको तुलनामा मास्क लगाउने घट्दैछन्, केही समयमा धूलो निर्मुल हुन्छ । तर प्रधानमन्त्रीले धूलो नै नभएको दाबी गरे ।
प्रधामनन्त्रीका यस्ता हल्का अभिव्यक्ति र सफेद झूटले सरकार र प्रधानमन्त्री स्वयंको बोलीको विश्वनीयतामा प्रश्न उठेको छ– कतै उनले भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ पनि काठमाडौंमा मास्क लगाउन छाडेजस्तै पो हो कि ?
सरकार एकपछि अर्को गर्दै अलोकप्रियताको भासमा फस्दैछ, तर प्रधामन्त्रीको वरपर रहेकाहरूले देशको अवस्था सुध्रिएको दाबी गर्न छाडेका छैनन् ।
भारतीय तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेको विषयले अहिले सरकारको चर्को आलोचना भएको छ । विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले जनताको स्वास्थ्यप्रति चरम खेलबाड गरेको आरोप लागेको छ । सरकारको पछिल्लो निर्णयले प्रधामनन्त्री ओलीले भन्ने गरेको भुगोल सानो भएपनि देशको सार्वभौमिकता ठूलो सानो हुँदैन भन्ने भनाइको खण्डन गरेको छ ।
भारतीय चलिचित्र अवार्ड (आइफा)को विरोध गर्नेहरूलाई प्रधानमन्त्री ओलीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको तयारी असफल गराउने प्रयत्नको रूपमा व्याख्या गरे ।
विपक्षीको गाली त आफ्नो ठाउँमा छ, तर काठमाडौंको स्वच्छता के २० लाख पर्यटक आउने खालको छ ? सरकारी महत्वांकाक्षी योजना सफल बनाइदिने नाममा पैसा खर्च गरेर घुम्न आउने पर्यटक धूलो खान र रोग बटुल्न पक्कै आउँदैनन होला ।
आइफामा नै आउने पाहुनाले पनि जुही चावलाले झैं सामाजिक सञ्जालमा धुलाम्मे काठमाडौंको दूरावस्थाबारे लेखे के होला ? त्यसै गरी धुलाम्मे तस्वीर राखे के होला ?
सिंहदरवार–बालुवाटारको बाटोमा प्रधानमन्त्रीले धूलो नदेखेपनि काठमाडौंका अधिकांश भाग धूलोले सर्वसाधारण आजित छन् ।
आफ्नै गाडी नहुने सर्वसाधारण मास्क नलागाई घरबाट बाहिर निस्कनै सक्दैनन्, चाहे सरकाविरोधी ट्याग किन नलागोस्, सबैलाई आफ्नो स्वास्थ्यको चिन्ता छ ।
पढ्नुहोस्, यो पनि :
'मेरो विरोध गर्नकै लागि केहीले मास्क लगाउन थालेका छन्, यो त स्वास्थ्यका लागि राम्रो हो नि !'
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...