कस्तुरीको बिना कारोबारको आरोपमा प्रहरीसहित ६ पक्राउ

काठमाडौं – कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट १ प्रहरीसहित ६ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार घटनामा आइतवार साँझ १ प्रहरीसहित ६ जनालाई पक्राउ गरिएको पुष्टि गरे । 


Advertisement

पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने सोमवार दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रहरीले कस्तुरीको बिना समेत बरामद गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्