आफूलाई होटलमालिकले आँखाले बलात्कार गरेको इशा गुप्ताको आरोप

काठमाडौं – बलिउड अभिनेत्री इशा गुप्ताले दिल्लीको एक होटलका मालिकले आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छन् । उनको यस्तो आरोपपछि सामाजिक सञ्जाल तातेको छ ।

गुप्ताले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै लेखिन्, ‘त्यो मान्छेले मलाई आँखाले बलात्कार गरिरहेको थियो । उसलाई तीनचोटि उचित व्यवहार देखाउन भनें अनि पछि जान पनि भनें । पछि त दुईजना गार्ड मेरो रक्षाका लागि राख्नुपर्ने भयो ।


Advertisement

सुरक्षागार्डले पनि यसलाई पुष्टि गर्न सक्छन् । को हो यो भविष्यको बलात्कारी ?’ पछि उनले त्यही कुरा ट्वीट गरिन् । 


Advertisement

रोहित विग नामका ती व्यक्ति आफूभन्दा अघिल्तिरको टेबलमा बसेको र आफूलाई लामो समयसम्म घुरेर हेरिरहेको उनले दाबी गरिन् ।

केही प्रयोगकर्ताले उनको दाबीलाई समर्थन गरे भने केहीले यसमा शंका गरे । एकजना प्रयोगकर्ताले ‘बलात्कार भनेको के हो, थाहा छ इशा गुप्ता ? यस्तो गम्भीर अपराधलाई तुच्छीकरण गरेकोमा लाज लाग्नुपर्ने हो’ भनी लेखे । 

अरूले चाहिँ इशाले आफ्नो नयाँ फिल्म 'वान डे : जस्टिस डेलिभर्ड'को प्रचार गर्नका लागि यो विषय उठाएको आरोप लगाए ।

 

एजेन्सी

कमेन्ट गर्नुहोस्