माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
बुटवल – पाल्पाको रिब्दीकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ३५ जना छनोट भए ।
केही दिन अगाडि शुरू भएको कार्यक्रम अन्तर्गत सडक सरसफाई, विरुवा रोप्ने, नाली सफा गर्ने, सडकका ढुंगा पन्छाउने काम गरेर सकियो । कार्यक्रमका लागि गाउँपालिकाको १४ लाख रूपैयाँको बजेट थियो ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ सय २६ जना छानिएका थिए । बुटवल–बेलहिया ‘सिक्स’ लेन सडकको डिभाइडरमा उम्रिएका झारपात गोडमेल गर्ने, वनबाटिका क्षेत्रमा सरसफाई, विद्यालयमा बगैचा निर्माण र गौशालामा सरसफाई गर्ने कार्य मंगलवार सकिएको छ ।
व्यापारिक मार्गको दायाँ–बायाँ निर्माण गरिएका फूलबारीको स्थानीय टोल विकास संस्थाले स्याहार गर्दै आएका थिए । तिलोत्तमामा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७० लाख रूपैयाँ आएको छ ।
रूपन्देहीकै सैनामैना नगरपालिकाले पनि प्रधामन्त्री रोजगार कार्यक्रमका लागि खाली जग्गामा वृक्षारोपण गर्न थालेका छ । २० हजार विरूवा रोप्न ५ सय युवालाई खटाइएको छ । जसका लागि ३९ लाख रूपैयाँ बजेट छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्नेले ५ सय २५ रूपैयाँ दैनिक पारिश्रमिक पाउँछन् । यो रकम न्यूनतम पारिश्रमिकभन्दा बढी हो । यी त ५ नम्बर प्रदेशका केही स्थानीय तहमा सञ्चालन भएका प्रधानमन्त्री रोजगार कार्यक्रमका उदाहरण हुन् ।
आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम झारपात गोडमेल र सरसफाई गर्नमा केन्द्रित देखिएको छ । सरकारको कुनै ठोस र दीर्घकालीन योजना विनै कार्यान्वयन कार्यान्वनमा जाँदा प्रधानमन्त्री रोजगार कार्यक्रमको करोडौं रूपैयाँ फजुलमा खर्च भएको छ ।
राज्यको अर्बाैं रूपैयाँ खर्च भएको ठाउँमा झारपात गोडमेल गर्न र सरसफाईमा रकम खर्चिंदा अनुत्पादक क्षेत्रमा खर्च भएको जानकारहरू बताउँछन् । आर्थिक क्षेत्रका जानकार मनिकर कार्कीले प्रधानमन्त्री रोजगार कार्यक्रम कर्मकाण्डी र वितरणमुखी भएको बताए ।
‘आफू नेतृत्वमा भएको समयमा आफ्ना भोटरहरूलाई राज्यको रकम बाँड्ने देखियो,’ कार्कीले भने, ‘आर्थिक समृद्धिको लक्ष्य लिएको सरकारले कामदारहरूलाई कुनै उत्पादनशील क्षेत्रमा लगाउन सक्थ्यो । यो त आफ्ना पार्टी निकट कार्यकतालाई रकम बाँड्ने योजनाका रुपमा चित्रित भयो ।’
‘वर्षायाममा झारपात गोड्न आवश्यक छैन । झारपातले त बरु माटोको क्षयीकरणलाई रोक्छ । झारपातले खराब गर्दैन । बरू राज्यले आफैं भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण र ठूला आयोजनाहरूमा काम लगाउन सक्थ्यो । अहिलेको काम गराइ त लज्जास्पद भयो ।’
छनौट भएका कामदारहरू अधिकांश आफ्नो पार्टी निकटलाई छानिएको छ । रूपन्देहीमा ठूला विकासका आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल नारायणगढ ‘सिक्स लेन’ सडक, बेलवास बेथरी सडक, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण कार्य हुँदैछन् । यस्ता आयोजनामा कामदार लगाउन सकेमा प्रभावकारी हुने विश्लेषकहरूको भनाइ छ ।
ऊर्जा, सिँचाइ तथा नदी नियन्त्रण, कूलो, बाँध, नहर निर्माण एवं मर्मत सम्भार, जलविद्युत् आयोजना र ट्रान्समिसन लाइन निर्माण तथा मर्मत सम्भार, नदी नियन्त्रण, पहिरो नियन्त्रण, पाइप बिछ्याउने, ट्यांकी निर्माण, ढल निर्माण तथा मर्मत सम्भारका क्षेत्रबाट रोजगारी प्रदान गरिने कार्यक्रममा उल्लेख छ ।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. बाबुराम ज्ञवालीले राज्यको ठूलो रकम नचाहिँदो क्षेत्रमा खर्च भएको बताए । उनले भने, ‘यति ठूलो रकम खर्च हुने क्षेत्रमा हुनै विकास निर्माण र अन्य ठूला योजनाहरूमा कामदार खटाउन सकिन्थ्यो । झारपात गोड्ने र नाली सफाइ गर्न राज्यले पैसा खर्च गरेर कामदार पठाउन पर्दैन, आफ्नो टोलमा आफैं टोलबासीले सरसफाई गर्छन् ।’
जोखिपूर्ण र विकास निर्माणमा खटिएका कामदारले जस्तो झारपात गोड्ने कामदारले पनि हेलमेट सहितका पोशाक लगाएर बाटोको दायाँबायाँ काम गरेका देखिन्छन् । गाउँ टोल समितिले दैनिक रूपमा गर्ने काममा प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम काम गर्ने आफ्ना पार्टी निकट कार्यकता खटाइएकोप्रति जानकारहरू दुःख व्यक्त गर्छन् ।
तिलोत्तमा नगरपालिकाका रोजगार संयोजक देवेन्द्र ज्ञवालीले रोजगार कार्यक्रम आर्थिक वर्षको अन्तिमतिर आउँदा प्रभावकारी हुन नसकेको बताए । ‘अध्ययन विना कार्यक्रम आउँदा सफल हुन सकेन । आउँदा वर्षहरूमा आर्थिक वर्ष शुरूमै आउँदा राम्रो हुन्छ । त्यसको लागि योजना छनौट गर्न सजिलो हुन्छ ।’
रूपन्देहीका १६ स्थानीय तहका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ४ करोड ५० लाख रूपैयाँ आएको छ ।
रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले प्रचार गरिएजस्तो फजुलमा कार्यक्रमको पैसा खर्च नभएको दाबी गरे । ‘हामीले हजारौं अम्रसो, टिमुर दालचिनीका विरुवा रोपिएका छौं । गाउँपालिकाको ठूलो राजस्व त्यसबाट उठ्छ । कसरी नराम्रो काम भयो । यो त नबझेकाले विरोध गरेका हुन्,’ उनले थपे, ‘मानिसहरूमा कम्तीमा काम गर्ने भावनाको विकास त भएको छ । हामीले मन्त्रालयबाट पनि सहयोग प्रतिबद्धता आएको छ । यो अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजान्छौ ।’
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...