उत्तरी तातोपानी नाकाबाट आयात शुरू

प्रतिकात्मक तस्वीर

मेलम्ची – १ महिनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरू गरेको छ ।

पछिल्लो १ साताबाट शुरू आयात कारोबार बिस्तारै बढ्दै गएको छ ।


Advertisement

विक्रम संवत् २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि ४ वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै ३ साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोवार हुनसकेको थिएन ।

‘चीनबाट सामग्री भित्रिन थालेको छ,’ भन्सार अधिकृत केशवराज ओलीले भने । भन्सारले कारोबार शुरू गरेयता बिस्तारै आयात बढ्दै गएको उनले बताए । ओलीका अनुसार यसबीचमा १० कन्टेनर सामान भन्सार जाँचपास भई राजधानी गइसकेको छ । सुक्खा बन्दरगाह भन्सार यार्डमा अझै ४ कन्टेनर सामान जाँचपासको पर्खाइमा छन् । 

कमेन्ट गर्नुहोस्