आफ्नो अण्डा जोगाउन ट्य्राक्टरका अगाडि उभियो चरा (भिडियो)

काठमाडौं – आमाको ममता मानिस र जनावर दुवैमा उत्तिकै हुन्छ । 

चीनमा हालै एक चराले आफ्ना सन्तान बचाउनका लागि ट्य्राक्टरको अगाडि उभिएको भिडियो सार्वजनिक भएको छ । मुटु छुने यो भिडियो सामाजिक सञ्जाल तीव्रताका साथ भाइरल भएको छ र मानिसले खुबै मन पराइरहेका छन् । 


Advertisement

भिडियो चीनको उलाकब शहरको हो । एक ट्य्राक्टर बाटोमा जाँदै गर्दा एउटा चरा त्यसलाई रोक्न पखेटा फैलाएर बसेको देखिन्छ । ट्य्राक्टरभन्दा केही पर अण्डा भएकाले त्यसलाई बचाउन ऊ ट्य्राक्टर अगाडि उभिएको हो । 

ट्य्राक्टर चालकले चरालाई देख्नेबित्तिकै ब्रेक हाने । अनि चरालाई गर्मी भयो होला भनी एउटा बोतलमा पानी पनि राखिदिए । मानिसहरूले यस कदमको प्रशंसा गरिरहेका छन् ।

एजेन्सी
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्