×

NMB BANK
NIC ASIA

चुनावमा हारिन्छ कि भनेर कांग्रेस–माओवादीको सातो गएको छ : माधव नेपाल

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
माधवकुमार नेपाल नेपालका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता हुन् । एमालेले आयोजना गरेको मेची–महाकाली अभियानमा सहभागि भएर काठमाडौं फर्केका नेता नेपालसँग समसामयिक राजनीतिक घटनाक्रमको विषयमा लोकान्तरका लागिसुशील पन्तले कुराकानी गरेका छन्, प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :


वैशाख ३१ गतेका लागि निर्धारित स्थानीय निर्वाचन हुन्छ ?

हुन्छ । हुनुपर्छ । चुनावको विकल्प छैन ।

निर्वाचनको लागि आवश्यक तयारीप्रति सन्तुष्ट हुनुहुन्छ ?

जुन गतिका साथ, जुन उत्साहका साथमा माथिबाट हुनुपर्ने हो, त्यो कम छ । तर जुन वातावरण तल देखिएको छ, आम जनतामा, एक किसिमले समयको पर्खाइ, छिटोहोस भन्ने चाहाना र उत्साह छ । कतिपय पार्टी जो चुनावको विपक्षमा छन् उनीहरुलाई आफ्नै पार्टीका कार्यकर्ता र सर्वसाधारणले समेत यदि चुनावलाई साथ दिएनौ भने हामी तिमीहरुलाई छोडदिन्छौं भनिरहेको अवस्था छ । यसलाई हेर्दा चुनावी माहोल निकै राम्रो बनेको छ ।

केन्द्रमा नि ?

केन्द्रमा माओवादी र कांग्रेसले खुटटा कमाएका छन् । हारिन्छ कि भनेर उनीहरूको आधा सातो गएको छ । चुनाव गर्नुपर्ने बाध्यता पनि हो । अहिले चुनाव गरेनन् भने एकैपटक तीनवटा चुनाव गर्ने सम्भावना छैन । समय सीमा क्लियर भएकोले पनि माघसम्ममा तीनवटै तहको निर्वाचन भएर नयाँ सरकारको हातमा सत्ता सुम्पिनुपर्छ । यसअर्थमा पनि चुनाव नगर्नुको कुनै विकल्प छैन ।

चुनावका लागि समय छोटो छ तर मतपत्र छाप्ने काम एकाएक दुईतीन दिनअघि रोकिएको छ नि ?

षड्यन्त्र त जारी छन् । स्वयं सत्तापक्षका दलहरूबाटै षड्यन्त्र भएका छन् । विभिन्न तहमा षड्यन्त्र जारी छ । बाहिरी शक्तिको सामु लत्तो छोड्ने काम सत्तापक्षबाट भएको छ । घुँडा टेक्ने, लम्पसार पर्नेमा को दोषी हो त ? उनीहरूले जेजे भन्छन्, त्यही तालमा घुम्ने भइरहेको छ । उनीहरू त चाहन्छन् नि संसारभरिका मान्छेलाई नचाऔं । अनि हामी नेपाली नाच्ने ? नाच्नेहरू न दोषी हुन् । हामीकहाँ स्वाभिमान छैन ? त्यत्रो ओहोदामा पुगेको मान्छेमा अलिकति पनि आत्मसम्मान छैन ? जेजे भन्छन्, त्यो मान्ने सरकार प्रमुख भएर, नेता भएर ? अलिकता पनि आफूमा इख भन्ने चिज छैन ? आफ्नो देशको मामिला आफैं हल गर्न सक्छौं भन्ने आँट छैन ? यस्ताहरूलाई धिक्कार छ ।

एमाले पहिले पार्टी हुन्छ भनेर चुनाव रोक्ने षड्यन्त्र भइरहेको भन्न खोज्नुभएको हो ? तपाईंहरूले पनि बढी प्रचार गर्नुभयो ।

त्यस्तो कुरामा पनि आत्तिने हो त, सबै भन्छन् नि जित्छौं भनेर । कले हार्छौं भन्छ र ? एमालेले जित्छौं भन्यो भने त्यो स्वभाविक कुरा हो । एमाले राष्ट्रियताको कुरामा अडान लियो । त्यो गौरवको कुरा हो । एमालेभन्दा पनि दुई कदम अघि बढेर काम गर्नुप–यो ।

एमालेको लोकप्रियता बाहिरमात्रै लोकप्रिय हो कि स्थानीय तहमा पनि ?

अब जनपरिचालनको क्रममा देख्नुभयो नि तपार्इंले । जनप्रभावबाट देख्नुभयो तपाईंले । जनउपस्थितको रूपमा देख्नुभयो । जनतामा परेको प्रभावबाट देख्नुभयो । होमस्टेमा पनि एक–एक हजारजना मान्छेलाई प्रत्येक घरमा राखेको देख्नुभयो तपार्इंले । यी सबै कुराले एमाले कतिसम्म लोकप्रिय छ भन्ने थाहा हुन्छ । एमाले जनतामा स्थापित छ ।

केले बनायो एमालेलाई त्यस्तो ?

एमालेको नीति र कार्यक्रमले बनायो । जनताको बहुदलीय जनवादले बनयो । हाम्रो निष्ठाले बनायो । देशप्रेमको भावनाले बनायो । जनताको सेवा गर्ने निष्ठाले काम ग–यो । हाम्रो काम र व्यवहारले पुष्टि ग–यो । नौ महिने सरकारमा हामीले गरेका काम होस्, म प्रधानमन्त्री हुँदा सरकारले गरेको भूमिकाले गर्दा होस्, एमालेप्रति सकारात्मक धारणा बन्यो । अरू सरकारमा एमालेका मन्त्रीहरूले गरेको भूमिकाको आधारमा पनि कामहरूबाट एमाले लोकप्रिय बनेको हो ।
 

यसबेला मधेसी दलहरू चुनावमा सहभागी भएनन् भने ?

कोही चुनावबाट भाग्छन् भने तिनीहरूको पछि लागेर हुन्छ त ? चुनावलाई पनि अस्वीकार गर्नेहरू, भाग्नेहरूको पछि लागेर हुँदैन । यस समयमा चुनाव सम्पन्न नगर्ने र नचाहने प्रवृत्तिमाथि पूरै प्रहार भइरहेको छ । विद्यार्थीको चुनाव नगर्ने, पार्टीको चुनाव नगर्नेहरूले लोकतन्त्रलाई बलियो बनाउन सक्दैनन् । जनताको काम गर्न सक्दैनन् । मलाई विश्वास छ, उनीहरू पनि अन्तिम समयमा आएर चुनावमा भाग लिन्छन् । त्यसको विकल्प नै छैन ।
अहिले पछिल्लो समयमा आएर मोर्चा केही लचिलो भएको हो ?

मलाई त्यस्तै लाग्छ । आफैंले सुन्न त पाएको छैन, बैठकमा बस्न पाएको छैन । लोकतन्त्र र लोकतान्त्रिक आचरणको कुरा गर्ने मधेसवादी दल पनि चुनावबाट भाग्लान् जस्तो लाग्दैन ।

कथंकदाचित् उनीहरू आएनन् भने ?

को को आए, आएनन् भन्ने कुरा गरेर हुँदैन । शेरबहादुरजी चुनावमा आउनुभएन भनेर हामी सुत्ने त ?

मधेसीबहुल जिल्लामा त चुनाव हुन दिँदैनौ भनेका छन् नि ?

किन नदिने ? उनीहरूले भनेर हुन्छ ? यो शासन चलाउन हुती नभएकाले भन्नुप–यो नि हामीले सक्दैनौं भनेर । जम्मु कश्मीरमा चुनाव हुन दिँदैनौं भनेर भारतले चुनाव नगर्ने त ? कुनै ठाउँ विशेषमा कसैले रोक्ने कोशिश गर्छ भने सरकारले आफ्नो शक्ति देखाउनुप–यो नि ।

नेपालको परिस्थिति त जम्मु कश्मीरको जस्तो हैन नि ?

नेपालको परिस्थिति त राम्रो हो । आत्तिनु पर्दैन । अत्यन्तै खराब ठाउँमा पनि चुनाव भएका छन् । दश प्रतिशत मत खसको ठाउँमा त चुनाव भएको छ । कसैले १०० वर्षसम्म गर्न दिँदैन भन्छ भने चुनाव नगरी बस्ने ? उसका चाहना पूरा नभएसम्म चुनाव हुन दिन्नँ, देश नै चल्न दिन्न भन्यो भने चुनाव नगरेर हुन्छ ? लोकतान्त्रिक विधि छ त मान्नुप–यो नि । मधेसी नेता पनि जनतामा गएर जनमत ल्याउनुहोस् । संसदमा बहुमत सिद्ध गरे भइहाल्यो नि उहाँहरूले, इच्छाअनुसार संविधान संशोधन गरे भइहाल्यो नि । यस्तो विधि हुँदाहुँदै मैले जे भन्छु त्यही हुनुपर्छ भनेर हुन्छ त । यस्तो दादागीरी गर्न त भएन नि ।

तपार्इंले मेची महाकाली अभियानको क्रममा मोर्चाका कारणले तराईका बजारहरू सुक्न थाले भन्नुभयो नि, यस्तो हिसाबले त मधेसमा त उनीहरूको कब्जा देखियो नि ?

उद्दण्डता मच्चाएर हुन्छ ? दशजना मान्छेले गर्दा गाउँ उजाड हुन्छ । राज्यले आफ्नो दायित्व पूरा गर्नुप–यो नि । प्रत्येक घरलाई लुट्न थालियो भने राज्यले के गर्छ ? त्यहाँका मान्छेले देखिरहेका छन् नि । हाम्रो बजार, व्यापार सुकाउने यिनै मधेसी मोर्चाका नेताहरू हुन् भनेर जनताले देखिरहेकै छन् नि त । हाम्रा स्कूलहरू चल्न नदिने, वातावरण बिगार्ने, सामाजिक गतिविधि विगार्न, अशान्ती मच्याउने अरु कोही हैन मधेशी दलनै हुन भनेर ज नताले बुझेकै छन् । राजविराज, जनकपुर सिराहको हालत के छ? जनताले देखिरहेकै छन् त ।

गौर, कलैया, वीरगञ्जको हालत के छ ? त्यहाँका जनता मेर्चाको विरोधमा पनि छन् । मैसँग कुराकानी गरिरहेका छन् । मधेसी दललाई हामी खेद्छौं भन्छन् । कतिपय स्थानमा त खेदेका पनि छन् । अति भइसकेपछि त मान्छेले सक्दैन नि ।

मधेशमा चुनाव भयो भने एमालेले कस्तो नतिजा ल्याउँछ ?

जित्छ । राजविराजमा भएको सभा हेर्नुहोस्, त्यहीँबाट आँकलन गर्न सक्नुहुन्छ ।

तर मधेसका थुप्रै भागमा सभा नै गर्नसक्नुभएन तपाईंहरूले ?

किन सकिएन ? सभा सम्पन्न भएपछि त्यस्तो प्रकारको गतिविधि भएको हो । सभा सम्पन्न हुन नसकेको हैन । सभा सम्पन्न गरेर फर्कंदा आक्रोशित भएर मधेसी मोर्चाका मान्छेले त्यसो गरेका हुन् । त्यसभन्दा अघि त मान्छे आउँदैनन् कि, खल्लो हुन्छ कि भनेर उनीहरूले कुरेका थिए । पहिले त बाटो नै बन्द गरे, नाकाबन्दी नै गरे । आउन दिएनन् । त्यसका बाबजुद अरू ठाउँबाट मान्छे आए । एमालेको सभा बिथोल्ने उद्दण्डता त अन्त पनि देखियो ।

तपार्इंहरूको कार्यक्रमलाई रोक्ने प्रयास भयो तर नयाँ शक्तिका बाबुराम भट्टराई त्यतै हुनुहुन्छ, उहाँले कार्यक्रम त गरिरहनुभएको छ अनि मधेसी मोर्चाका नेता कार्यकताले विरोध गरिरहेका छैनन । यसले के देखाउँछ ?

बाबुरामजी त मतियार हुनुहुन्छ मधेसी मोर्चा र देश टुक्र्याउन खोज्ने समूहको । उहाँ त लम्पसार पर्नुहुन्छ । जातीय भावना छ उहाँमा । यो देशको तराई टुक्रियोस् भन्ने उहाँको चाहना छ । उहाँ देशमा दुईवटा राष्ट्रियताको कुरा गर्नुहुन्छ । देशलाई खण्ड–खण्ड पार्ने अनि विदेशीको स्वार्थको रक्षा गर्ने जिम्मा उहाँले लिएको जस्तो देखिन्छ ।

कुन चाहिँ विदेशीको कुरा गर्नुभयो ?

मलै नाम किन लिने ?

बाबुराम भट्टराइले तपार्इंकै जिल्लामा गएर कांग्रेस–एमाले प्राण नभएका पार्टी हुन् भन्नुभयो नि !
 
उहाँको नयाँ शक्ति नामको पार्टी पनि देखिसकिएको छ । सुकिसकेको छ उहाँको पार्टी । सबै रौं खुइलिइसक्यो ।

चुनाव हुन दिइएन वा भएन भने एमालेले के गर्छ ?

यदि चुनाव गर्न नसक्ने हो भने यो सरकारका प्रधानमन्त्रीले पहिले राजीनामा दिनुपर्छ । स्वाभाविक रूपमा नयाँ समीकरण तय हुन्छ । त्यसबेला कस्तो समीकरण भन्ने छलफल होला । हामी सरकारको नेतृत्व गर्न लालायित होइन तर हामी यो संक्रमणकाल टुंगियोस् भन्ने चाहन्छौं । संवैधानिक संकट नआओस्, देशले चाँडो निकास पाओस् भन्ने चाहन्छौं । समाधान र चुनाव चाहन्छौं । राजनीतिक संकट नआओस् भन्ने हाम्रो चाहना छ । चुनाव हुनुुप–यो । सरकारको नेतृत्व जसले गरेपनि फरक पर्दैन ।

वैशाखमा चुनाव भएन भने मंसिरमा संसदीय चुनाव गर्न पनि कठिन होला ?

अहिले यो बारेमा नसोचौं । अहिले गर्नुपर्ने काम गरौं । अहिले नै के–के गर्ने भनेर नसोचौं । अहिलेको काम चाहिँ गरौं । त्यो भनेको स्थानीय तहको निर्वाचन गरिहालौं ।

सत्ताधारी दल त संसद्कै म्याद थप्न सकिन्छ भन्छन् नि ?

त्यो त सकिँदैन । त्यसको लागि एमाले तयार छैन ।

विगतमा त त्यही भयो नि ?

भयो तर कति गाह्रो भयो । कत्रो ठूलो तनाव भयो । अझ लम्ब्याउन खोजैकै थिए । दोस्रोलाई पनि असफल बनाउन खोजेकै थिए । बिगार्नेहरू जहाँ पनि हुन्छन् । तर यहाँ एमाले छ । उसले सधैं समस्या समाधान र सकारात्मकताका लागि काम गर्छ ।

निर्वाचन पनि नरहने र संसद् पनि नरहने भयो भने ?

संवैधानिक शून्यता र संकट खडा हुन्छ । पार्टीको वैधानिकता हराउँछ । संविधान कागजमा परिणत हुन्छ । अरू शक्तिलाई भित्रने मौका दिन्छ । आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने काम हुन्छ ।

चुनाव नभएको खण्डमा सीके राउत प्रवृत्ति र पूर्वराजाका सम्भावित कदमहरूलाई तपार्इंले कसरी लिनुभएको छ ?
प्रतिगामी शक्तिहरू सक्रिय छन् । नेपालमा राजतन्त्र भित्र्याउन चाहनेहरू छन् । संघीयता नहोस् भन्ने चाहेकाहरूको मनोबल बढ्छ । संघीयताको नाइके भन्नेहरूलाई घाटा हुन्छ । जो संघीयता भनिरहेका छन्, उसलाई नै घाटा हुन्छ । खुब संबिधानसभाको गीत गाउनेले संविधानसभालाई चल्न दिएन भने के हुन्छ भनेर मैले त्यसबेला पनि भनेको थिएँ ।

माओपादीलाई चाहिएको संविधानसभा उसकै कारण असफल हुन्छ भने हाम्रो भन्नु केही छैन भनेर हामीले भनेकै हो । हाम्रो चिन्ता देश र लोकतन्त्रप्रति हुन्छ ।

अहिलेको राजनीतिक निकास के हो ?

अहिले संविधान संशोधनको बेला होइन । संशोधनका विषयमा एमाले सहमत पनि छैन । बरू बसेर छलफल गरौं । सबैले विश्वास जित्ने काम गरौं । उपयुक्त कुरामा चाहिँ हामी तयार छौं । मधेसको नाममा राजनीति गर्ने काम नगर्नुहोस् । संविधानको नाममा राजनीति गर्ने काम नगर्नुहोस् । यसले मुलुकलाई फाइदा गर्दैन । यो मुलुक यस्ता धेरै चक्रव्यूहमा परिसकेको छ । अब हामीले यो देशलाई विकासको बाटोमा लैजाऔं । समृृद्धिलाई लक्ष्य बनाऔं भन्ने हाम्रो धारणा हो ।

एकथरीले त एमाले र मधेसवादी दुवै दलहरू अतिवादको बाटोमा रहेको बताउँछन् त ?

होइन । यो त कसरी अतिवाद भयो र ? एमाले त धेरै लचिलो छ । हामीले संशोधन पेश गर्ने मौका दिएका हौं । टेबल गर्ने मौका पनि दिएका हौं । प्रादेशिक सीमांकनका लागि चाहिँ प्रदेशसभाहरू नभएसम्म सीमांकनको विषय हुँदैन भन्ने हाम्रो कुुरा हो ।

भारतमा अहिले जसरी बीजेपीको उदय भइरहेको छ त्यसले नेपालमा एमालेलाई माथि उठ्न दिँदैन भनेर टिप्पणी गर्ने पनि छन् । एमालेसँग बीजेपी र उक्त पार्टीकै प्रधानमन्त्री नरेन्द्र मोदी रिसाएका छन् भन्ने टिप्पणी गरिन्छ नि ?

अब बीजेपी रिसाएको छ, भारत रिसाएको छ भनेर हुँदैन हेर्नुस् । किन रिसाउनुप–यो ? हामीले उनीहरूको विरोधमा कुनै पनि गतिविधि गरेका छैनौं । हामीले त नेपालको कुरा गर्ने हो । नाकाबन्दीको विरोध त गर्नुप–यो । नाकाबन्दीको विरोध गरेर पो स्वाभिमानी रहेछ भन्ने उसलाई थाहा हुन्छ । हामीलाई नोकर त सम्झनुभएन नि । एउटा राजाले नलत्रिएको अर्को राजा मन पराउँछ । लत्रिएकोलाई त कसैले मन पराउँदैन । राम्रोले राम्रोलाई मन पराउँछ नि ।

यदि भारत तपाईंको पार्टीसँग नरिसाएको भए केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले अकस्मात् किन फिर्ता लियो त ? त्यसमा भारतको हात रहेको आशंका गरिएकै छ ?

इन्डियाका भित्री हातहरू छन् भनेर मलाई थाहा छैन । तर मेरो उसलाई एउटा मात्रै सुझाव के छ भने नेपालका साना–साना कुरामा सक्रिय हुँदा उसको प्रतिष्ठा गिरिरहेको छ । भारतप्रतिको नेपालीको जनविश्वास समाप्त भइरहेको छ । भारतप्रति नकारात्मक धारणा बढिरहेको छ । यो राम्रो होइन ।

इन्डियाले अलि ठूलो होराइजनबाट सोच्नुप–यो । नेपालका सानातिना आन्तरिक विषयमा चासो राख्न बन्द गर्नुप–यो । र नेपालका साना पार्टीसँग स्वार्थका अघिपछि लाग्ने काम पनि बन्द गर्नुप–यो । नेपाल स्वाभिमानी देश हो भनेर बुझ्नुप–यो । नेपालले पनि भारत र चीनको संवेदनशीलता बुझ्नुप–यो । नेपालको हितमा आघात हुने कुनै पनि काम हामीलाई मन पर्दैन ।

प्रचण्डजीलाई मान्छेले के भन्छन् भने उहाँ विदेशीसँग लम्पसार पर्नुहुन्छ । मधेसी शक्तिसँग लाचार हुनुहुन्छ । यस्ता मान्छेले भोलि फेरि जनतालाई दुःख दिन्छन् । विदेशीहरूले भन्छन्, ‘नेपाली नेताहरू हाम्रा अघि लम्पसार पर्छन् । दिउँसै हामीकहाँ भात खान आउँछन् ।’

त्यस्तो स्थिति पनि छ है ?

खै त एमालेले कहिल्यै त्यस्तो गरेको छैन त । हामीले त गरेका छैनौं त । हामीले राज्य राम्रोसँग चलायौं त । नाकाबन्दीको बारेमा आवाज उठायौं त । खै त इन्डियाले हामीलाई सम्मानै ग–यो । जो आफू सम्मानित छ उसले अरूलाई पनि सम्मान गर्छ । हामी अर्कोलाई सम्मान गर्छौं । हामीलाई पनि कसैले अपमान गरेको सहँदैनौं ।

इन्डियाकै कुरा गर्दा यूपीको नेतृत्वले नेपालमा हिन्दू धर्मको चलखेल गर्न सक्छ भन्छन् नि ?

राजनीतिक नेताको मुखबाट यस्ता कुराहरू आउँदैनन् । यी सब कुरा एक्सपर्टबाट सुन्नुहोस् । हामी त के भन्छौं भने त्यहाँको सत्ताधारीले जितेको हो । जनताले जिताएका हुन् । उनीहरू नेपालप्रति जिम्मेवार हुनुपर्छ । सम्मान गरेर व्यवहार गर्नुपर्छ । नेपालमा हिन्दू राज्य वा राजतन्त्रको कुनै पनि सम्भावना छैन । हामी हुन दिँदैनौं ।

प्रसंगवश, प्रधानमन्त्री चीन भ्रमणमा हुनुहुन्छ । चिनियाँ राष्ट्रपतिको भ्रमण भने रोकिएको छ । के अहिलेको सरकारले सन्तुलित परराष्ट्र नीति अपनाउन नसकेको हो ?

मानिसले त्यस्तो आशंका गरेका छन् । चीनसँगको सम्बन्ध कताकता चिसिँदै गएको देखिन्छ । लम्पसारवादी नीतिले गर्दा एकपक्षसँग कताकता ज्यादा भएको देखिन्छ । आम जनगुनासो यस्तै सुनिन्छ । चीनले नेपाललाई कम विश्वास गरेको भन्ने बुझिन्छ । तर अहिले आएर चीनको राष्ट्रपतिसँग हाम्रा प्रधानमन्त्रीले भेट्ने विषयलाई मैले सकारात्मक रूपमा लिएको छु । चीनले ढोका बन्द गरेको छैन । ढोका खुल्ला नै छ । यसमा प्रचण्डजीले मौकाको सदुपयोग गर्न सक्नुहुन्छ कि हुन्न हेर्न बाँकी छ ।
अन्तिममा, माओवादी र कांग्रेसको गठबन्धन जारी नै रह्यो भने एमाले केही समयलाई सरकारमा जान पाउँदैन है ?

केही फरक पर्दैन । तपार्इंले राजनीतिमा देख्नुभएकै त छ नि । कस्तो उलटपुलट हुन्छ । हामीले धेरै लामो समयदेखि राजनीति गरेका हौं ।

कांग्रेस माओवादीको गठबन्धन देखेर एमालेलाई जलन भएको छ भनिन्छ नि ?

हामीलाई जलन भएको छैन । खुशी छौं । खुशी यस अर्थमा कि दुवै दल सड्न थालेका छन् । एउटै खाल्डोमा छन् । हामी आत्तिनुपर्दैन ।

लोडसेडिङ अन्त्य लगायतका विषयमा अहिलेको सरकारले केही राम्रो काम गरेको छ । कसरी सडेको भन्न मिल्छ ?

राम्रो काम गर्नुहोस् । हामी प्रशंसा गरिहाल्छांै नि । बेठीक काम गरे आलोचना हुन्छ । समग्रतामा नबिग्रनुहोस् भन्ने हाम्रो चाहना हो ।

मेची–महाकाली अभियानकै क्रममा केपी ओली अचानक काठमाडौं आएर प्रचण्डलाई भेट्नुभयो । सरकार बाहिर बस्नुपर्दा एमालेलाई जलन भइरहेको छ भन्छन् नि ?


प्रचण्डजीले बोलाउनु पो भयो कि ? थाहा भएन मलाई । अहिले प्रचण्डजी मसँग खासै सम्पर्कमा हुनुहुुन्न । उहाँलाई पनि फुर्सद छैन । मलाई पनि फुर्सद छैन । म विषयवस्तुको गहिराइमा जान चाहन्छु । म नतिजामुखी मान्छे हुँ । म गफ हाँक्ने मान्छे हैन । म पोइन्टमा कुरा गर्ने मान्छे हुँ ।

तपाईंको आफ्नै पार्टी अध्यक्षको भूमिकाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

जहाँसम्म पार्टी भित्रको कुरा छ, त्यसमा हामी मिलेर जानुपर्छ । जनताले त्यही चाहेका छन् । कसैका कमीकमजोरी भएमा सच्याउनुपर्छ । आलोचना गर्नुपर्छ । सन्तुष्ट असन्तुष्टको कुरा पछि गरौंला । हामी अहिले चुनावमा केन्द्रित छौं । एमालेलाई जिताउनुपर्छ । चुनाव हुन्छ भन्नेमा हामी विश्वास्त छौं । प्रचण्डजीले पनि चुनाव गराउँछु भन्नुभएको छ । आयोगले पनि राम्रै तयारी गरेको छ । यदि प्रचण्डजीले चुनाव गराउन सक्नुभएन भने उहाँ इतिहासमा कहिल्यै माथि उठ्न सक्नुहुन्न ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x