×

NMB BANK
NIC ASIA

जनकपुरधाम - गत शुक्रवारदेखि परेको अविरल बर्षाका कारण प्रदेश २ को अधिकांश भूभाग डुबानमा परेको छ । जल-प्रलयका कारण आएको विपत्तिको घडीमा जीवन र मृत्युको दोसाँधमा परेका बेला आफ्ना नागरिकको रक्षा गर्न सबैभन्दा अगाडि आउने सरोकारवाला पक्ष भनेकै राज्य हो । अहिले राज्यलाई तीन तहको सरकारले संचालन गरिरहेको छ ।

Muktinath Bank

केन्द्रमा संघीय सरकार, प्रदेशमा प्रादेशिक सरकार र स्थानीय तहमा स्थानीय सरकार ! तीनै तहका सरकार जनताबाट चुनिएर आएका छन् । तर, यस्तो विपदको घडीमा जनतालाई साथ दिने काममा सबै भन्दा पहिले स्थानीय सरकार नै अगाडि देखिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादवले कमला नदीमा आएको बाढीमा फसेका मानिसहरुलाई गत शनिवार उद्दार गर्न सफल भएका थिए । उनले आफैं पहल मात्र गरेनन् डुबानमा फसेका मानिसको उद्दार गर्ने काममा फिल्डमै पनि सुरक्षाकर्मीसाथ खटिए ।


Advertisment
Nabil box
Kumari

त्यहाँका सशस्त्र प्रहरी निरीक्षक किस्मान तामाङ, प्रदेशको सशस्त्र प्रहरी बाहिनीबाट खटिएका प्रहरी निरीक्षक प्रकाश भट्टको कमाण्डमा आएको अर्को छुट्टै टोलीले समेत संयुक्त रूपमा शुक्रवारदेखि नै बाढीमा फसेका मानिसहरुको उद्दार गर्ने प्रयास गरेका थिए ।

Vianet communication
Laxmi Bank

‘तर, रबर बोटको सहयोगमा समेत फसेका मानिसहरुको उद्दार गर्न सम्भव हुन सकेन,’ शहीदनगर नगरपालिकाका प्रमुख यादवले भने, ‘त्यसपछि शुक्रवारको राति त्यहीं एउटा धर्मशालामा रातभर प्रहरीको उद्दार टोलीका साथ रात काटें ।’ फेरि शनिवार गएर सुरक्षाकर्मीको टोलीले कमला नदीको बाढीमा फसेका सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ का सुकदेव दास, कन्चन मण्डल, रबिन्द्र दास, कुनाही महतो र उनकी श्रीमतीसहित ५ जनालाई सकुशल जिवितै उद्दार गर्न सफल भएको उनले बताए ।

कमला नदीकै बाढीमा फसेका कमला नगरपालिकाको हथमुण्डा गाउँका अमृत महतो, संतोखी सदा, रेश्मा देवी महतो, अनार देवी सदालाई सशस्त्र प्रहरीको टोलीले जीवित अवस्थामा नै उद्दार गरेका थिए । उद्दार गर्ने बेलासम्म शहीदनगर नगरपालिकाका मेयर यादव सक्रिय थिए । उद्दार गरेर ल्याइएका मानिसहरू उनको नगरपालिकाका नभएर सिरहा र धनुषाको कमला नगरपालिकाका भए पनि उनले तत्कालै कमला नदीको बाढीमा मानिस फसेको देखेपछि उद्दारको कार्यमा जुटेका थिए ।

केही साता अघि मात्रै उनले आफ्नो नगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक गरेर पूर्वतयारीका लागि आफ्नो नगरपालिकालाई उच्च सतर्कतामा राखेका थिए । बाढीमा फसेका मानिसलाई उद्दार तथा खोजी कार्यका लागि त्यहाँका सशस्त्र प्रहरी कार्यालयमा एउटा रबरको बोट पनि पहिलेदेखि नै राख्न लगाइएको थियो । जसले गर्दा बाढीमा फसेका मानिसको तत्कालै उद्दार तथा खोजी कार्यमा सुरक्षाकर्मीले सफलता पाउन सकेको थियो ।

धनुषा र सिरहा जिल्लाको सीमाना नै त्यही कमला नदीले छुट्याएको छ । नदीको पूर्वपट्टि धनुषाको शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनक नन्दिनी गाउँपालिका पर्छ भने पश्चिमतर्फ सिरहाको सिरहा नगरपालिका, करजन्हा नगरपालिका लगायतका स्थानीय तह पर्छन् । उक्त नदीको बहाव भने नेपालबाट भारतको विहार प्रदेशको मधुवनी जिल्लास्थित जयनगर हुँदै निकास भएको छ ।

प्रदेशका प्रायः जसो सबै स्थानीय निकायका जनप्रतिनिधिले सुरक्षाकर्मीको सहयोगमा बाढीमा फसेका मानिसलाई उद्दार तथा खोजी कार्यमा लागेका थिए । विस्थापित तथा जोखिममा रहेका मानिसहरुको उद्दार गर्दै सुरक्षित स्थानसम्म लग्ने, उनीहरुलाई राहत स्वरूप च्यूरा, दालमोट, चाउचाउ, खानेपानी आदिको व्यवस्थापन त्यही स्थानीय तहका प्रतिनिधिले गरेका थिए ।

धनुषाकै गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर २ मा बाढीका कारण २७ घर मुसहर परिवार विस्थापित भए ।  चारनाथ खोलामा आएको बाढीका कारण ति दलित समुदायको माटोको कच्ची घर भत्केपछि नगरपालिकाका प्रमुख रामबाबु यादवले तत्कालै उनीहरूलाई भरतपुरको सामुदायिक विद्यालयमा स्थानान्तरण गरेका थिए । वडा नम्बर ९ को बरमझियाको जयनगर टोलका ४० जना परिवारलाई तत्कालै त्रिपाल सहितको घर बनाएर बसोबासको व्यवस्था मिलाएको प्रमुख यादवले बताए ।

‘शुक्रवार राति त आफ्नो निजी पैसा नै लगाएर च्यूरा, दालमोट जस्ता खानेकुराको प्रबन्ध मिलाएको थिएँ,’ नगरपालिकाका प्रमुख यादवले भने, ‘त्यसपछि नगरपालिकाको आफ्नै विपद कोषबाट रकम खर्च गरेर खानेकुराको व्यवस्थापन गरिएको छ ।’

महोत्तरीको मटिहानी नगरपालिकामा पनि बाढीले ठूलै क्षति पुर्याएको छ । उक्त नगरपालिकाका प्रमुख हरि मण्डलका अनुसार दर्जनौं गाउँ बाढीका कारण नराम्रो तरिकाले प्रभावित भएका छन् । साविकका दर्जनौं गाविसका हजारौं घर परिवार प्रभावित भएको उनले बताए ।

मटिहानी नगरपालिकाको वडा नम्बर १, ६, ७, ८, ४ र ९ सबै भन्दा बढी प्रभावित भएका छन् । वडा नम्बर १ को धिरापुरस्थित मुसहर बस्तीमा रहेको करीब २ सय घर परिवारसम्म उद्दार गर्ने कुनै उपाय नहुँदा खाने भाँडा तसलामा राखेर खाद्यान्न सामग्री तथा खानेपानी पठाएको प्रमुख मण्डलले बताए । अहिले अब पानीको सतह घटेपछि सबै मानिसहरूलाई सम्बन्धित वडाको सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको उनले बताए ।

महोत्तरीको जलेश्वर नगरपालिकामा पनि हजारौं मानिस बाढीका कारण प्रभावित भएको त्यहाँका प्रमुख रामशंकर मिश्रले बताए । जलेश्वर र प्रकौलीस्थित २ स्थानमा क्याम्प संचालन गरेर विस्थापितहरूलाई नगरपालिकाको तर्फबाट खाने, बस्ने व्यवस्थापन गरिएको प्रमुख मिश्रले बताए ।

यी त उदाहरण प्रतिनिधि मात्र हुन् । प्रदेश २को सबै स्थानीय तहमा मेयरदेखि वडाअध्यक्ष सम्मले तत्कालै उद्दार तथा खोजी सँगसँगै राहत सामग्री जुटाउने कार्यमा लागेकाले पनि धेरै मानिसको ज्यान जोगिएको छ । यद्यपि स्थानीय तहहरूले विपद व्यवस्थापन गर्नका लागि गर्नु पर्ने पूर्वतयारी नगरेका कारण धेरै मानिसको ज्यान समेत गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x