पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
जुम्ला- उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फैसला गरेको छ । विगत तीन आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सन्तोषजनकरूपमा अदालतले मुद्दा फर्छ्यौट गरेको उच्च अदालत सुर्खेत, जुम्ला इजालासका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले बताए ।
उनका अनुसार २०७५÷७६ मा विभिन्न शीर्षकका झण्डै १५१ मुद्दा परेका थिए । आर्थिक वर्षको अन्त्यसम्म ११३ मुद्दा फर्छ्यौट भएका छन् जुन कुल मुद्दाको ७४ दशमलव ८३ प्रतिशत हो । गत वर्षको भन्दा २० प्रतिशत काम बढी भएको मुख्य न्यायाधीश बागचन्दले बताए ।
आर्थिक वर्ष २०७४/७५ मा जम्मा आएका १३८ मुद्दामा ८० अर्थात ५६ दशमलव ९६ प्रतिशत फर्छ्यौट भएका थिए । आव २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फर्छ्यौट भएको अदालत स्रोतले जनाएको हो । आव २०७५/७६ मा परेका जम्मा १५१ मध्ये अझै ३८ फर्छ्यौट हुन बाँकी छन् । संघीयतापछिको कानूनी परामर्श, बैठक तथा छलफलका कारण न्यायाधीश जिल्ला बाहिर जानुपर्ने भएकाले फछ्र्योट हुन बाँकी एक वर्षका ३८ मुद्दा छन् । आव २०७५/७६ जिम्मेवारी सरी आएका ५८ मुद्दा थिए भने गत आवमा वास्तविक दर्ता भएका १०० थिए । जम्मा वर्षभरि १३० मुद्दा फर्छ्यौटको लक्ष्य राखिए पनि विभिन्न कारणले लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुननसकेको अदालतले स्वीकार गरेको छ ।
न्यायिक सेवालाई प्रभावकारी बनाउन तथा आम नागरिकमाझ न्यायिक विषयमा स्पष्ट पार्न विभिन्न मितिमा जुम्लाका विद्यालयमा अन्तक्र्रिया गरिएको रजिष्ट्रार श्यामनाथ घिमिरेले बताए ।
उनका अनुसार निःशुल्क मुद्दा लेख्ने वैतनिक वकिल कानून व्यवसायीले लिखित तयारी पाँच, परामर्श ७३, बहस २१ र कारागार भ्रमण ३९ जना गरी झण्डै १५० बढी स्थानीयवासी सेवाबाट लाभान्वित भएका छन् । अदालतमा आउने सेवाग्राहीको सुविधाका लागि डिजिटल प्रणालीसमेत लागू गरिएको छ ।
अझै सरोकारवालाको साथ मागेर जुम्लामा न्यायिक सम्पादनकार्यलाई कर्णालीमै प्रभावकारी बनाउने उच्च अदालत सुर्खेत, जुम्ला इजालासको उद्देश्य छ भने ‘ब्रोसर’ निकालेर विभिन्न ठाउँमा अदालतका कानूनी प्रावधानका बारेमा सचेत गराइएको छ । जिल्ला अदालत र उच्च अदालतको सहकार्यमा न्यायसम्पादनलाई छिटोछरितो बनाउने सवालमा निकै गम्भीर रहेको घिमिरेले बताए ।
समावेशी सबैका लागि न्याय भन्ने उद्देश्यका साथ चोथौ पञ्चवर्षीय रणनीतिक योजनामा वैतनिक वकिलको सेवा प्रभावकारी हुने, न्याय नपाएर कोही पीडित हुनुनपर्ने, न्यायमा भेदभाव नहुुने, निर्दोष नफस्ने र दोषी नछुट्नेजस्ता न्यायिक प्रावधानलाई विशेष प्रथामिकता दिइएको छ ।
सर्वोच्च अदालतले असार ३१ मै पञ्चवर्षीय योजना सार्वजानिक गरे पनि जिल्लास्तरमा साउन १ मा सार्वजनिक गरिएको छ । न्यायसम्पादनलाई प्रभावकारी बनाउन सबै सरोकारवालाबीचको समन्वय हुन जरुरी रहेकामा जोड दिइएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...