कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
जाजरकोट- लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका छन् । सरकारले सबै मुआब्जा दिने गरी दुई अर्ब ७२ करोड रकम विनियोजन गरेपछि छ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।
चार वर्षअघिदेखि मुआब्जा वितरणकार्य शुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युत्गृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो । अब बाँधस्थलका स्थानीयवासीको जग्गा अधिग्रहण गरी मुआब्जा वितरणको काम शुरू हुने मन्त्री बस्नेतले जानकारी दिए ।
उनले भने, 'लामो समयदेखि रकम अभावका कारण काममा तीव्रता दिन सकिएको थिएन, अहिले पूरै बजेट व्यवस्था गरेर ‘ब्रेकथ्रू’ गरेका छौं ।'
मुआब्जा वितरण गरिएको ठाउँमा यो भन्दा अगाडि प्रतिरोपनीको चार लाख ७५ हजार रुपैयाँका दरले वितरण गरिएको थियो । अब जग्गाको मूल्याङ्कन गरेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाई नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरणको काम हुनेछ । अब केही दिनमै प्रभावित क्षेत्रको जग्गा रोक्का गर्ने कार्य शुरू हुने कम्पनीले जनाएको छ ।
एक हजार रोपनीभन्दा बढी जग्गा अधिग्रहण हुने नलगाड जलविद्युत् कम्पनीले जानकारी दिएको छ । बजेट अभावमा जग्गा अधिग्रहणको काम रोकिएकामा अब पूर्ण रूपमा अधिग्रहण गरी काम शुरू हुनेछ । प्रत्येक वर्ष सरकारले बजेट छुट्याए पनि बजेट अपुग हुँदै काम अगाडि बढ्न सकेको थिएन ।
कम्पनीको विस्तृत योजना प्रतिवेदन (डीपीआर) काम चार महिनाभित्र सकिने सम्भावना रहेको कम्पनीका इञ्जिनीयर पदम थापाले जानकारी दिए । स्मेक, एमडब्लुएच कन्सलटेन्टले विस्तृत योजना प्रतिवेदन बनाउने जिम्मा लिएको छ । तोकिएको समयमा प्रतिवेदन दिन नसकेको कन्सलटेन्टलाई छ महीना मिति थपिएको भए पनि, थपिएको मिति सकिनसमेत एक महीना बाँकी रहँदा काम पूरा नहुने देखिएको छ ।
बत्तीस महिनाभित्र निर्माण कार्य पूरा गर्ने भनी सम्झौता गरिएको भए पनि सो निर्धारण गरिएको समयमा काम पूरा नहुँदा छ महिना थपिएको थियो । सामग्री ढुवानी, सुरक्षा अनि विस्फोटक पर्दाथको समयमा आपूर्ति नहुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको कन्सलटेन्टले बताएको छ ।
यो आयोजना निर्माण भएमा ४१० मेघावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युत्गृह निर्माण हुनेछ । तीन सय ४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३८ महिनादेखि काम शुरू भए पनि पूरा भएको छैन ।
विद्युत्गृह निर्माणका लागि तीन सय ४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन काम शुरू भए पनि मिति सकिन एक महिना बाँकी रहँदासम्म २३५ मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनीयर थापाले बताए । सरकारले अबको १० वर्षभित्र सात प्रदेशमा १२ ठूला आयोजना सम्पन्न गर्ने लक्ष्य लिएर कर्णाली प्रदेशमा ४१० मेगावाटको नलगाड जलाशययुक्त आयोजना अघि बढाउने योजना अगाडि सारेको थियो ।
त्यस्तै नलगाड जलविद्युत् कम्पनी निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआर निर्माणकार्य भर्खर शुरु भएको छ । डिपिआर निर्माणको जिम्मा लिएको डिजाएड कन्सल्टेन्ट नयाँबानेश्वरले बीचमै काम छाडेर सम्पर्कमा नआएपछि समस्या भएकामा अहिले पुनः काम गर्न थालेको थापाले बताए ।
उक्त कामका लागि ८८ लाखमा ठेक्का लिएर ४३ लाख रकम भुक्तानी लिएको र बाँकी रकम नलिएरै सम्पर्कमा नआएपछि सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहलगायतको टोलीले चर्को दवाब दिएपछि पुनः काममा फर्केको छ । ताँसुगाड जलविद्युत् आयोजनाबाट चार दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गरेर नलगाड जलविद्युत् कम्पनी निर्माण गर्ने लक्ष्य राखिएको छ ।
दुई वर्षभित्र प्रतिवेदन बुझाउने सम्झौता भए पनि डिजाएडले पाँच वर्ष पूरा भए पनि प्रतिवेदन बुझाएको छैन । त्यस्तै जिल्लाको नलगाड नगरपालिका–७ को दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणकार्यका लागि जग्गा अधिग्रहण गरेर मुआब्जा वितरणकार्य शुरु गर्ने तयारी अन्तिम चरणमा पुर्याएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
जाजरकोटका सात स्थानीय तहमा केन्द्रीय लाइन विस्तार अभियानकार्य ७० प्रतिशत पूरा भएको नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताए । हेमन्त केसी/रासस
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...