×

NMB BANK
NIC ASIA

शीशाको ढोका खुस्किएपछि छोरीलाई बचाउन अघि सरिन् आमा, आफैं भइन् घाइते (भिडियो)

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनको हाङ्चोमा बुधवार शीशाको ढोका खुस्किएपछि छोरीलाई चोट लाग्ने अवस्था आएकाले आमाले जोगाएकी छन् र त्यसक्रममा गम्भीर घाइते भएकी छन् । 

Muktinath Bank

याङ थर भएकी ३१ वर्षीया महिला प्रिन्ट गर्ने पसलमा हुँदा अगाडिको ढोकाको कब्जा फुस्किएको थियो । महिलाकी छोरी बाहिर उभिरहेकी थिइन् र शीशा उनीमाथि खस्ने स्थिति थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाको भिडियोमा यी बहादुर महिलाले आठ वर्षीया छोरीलाई जोगाउन ढोकाको ह्यान्डल कसेर समातेको देखिन्छ । छोरी चाहिँ भाग्न सफल हुन्छिन् । तर ढोका अति नै भारी भएकाले सडकपेटीमा बजारिन्छ अनि याङ पनि पछारिन्छिन् । 


Advertisment
Nabil box
Kumari

उनी फुटेको शीशाको ढोकासँगै लड्छिन् र उनको बेस्सरी रगत बग्छ । 

Vianet communication
Laxmi Bank

भाग्यवश उनकी छोरी र नजिकै रहेका अन्य दुई बालबालिका घाइते हुँदैनन् । 

याङलाई अनुहारमा गम्भीर चोटपटक लागेको छ । उनको नाक भाँचिएको छ र शीशाका टुक्रा भित्रैसम्म गडेका छन् । उनलाई हान्चो अस्पताल लगिएको थियो । 

उनकी छोरी चिन्तित भएर अस्पतालको इमर्जेन्सी वार्डबाहिर कुरेको देखिन्छ ।

दुई मिटर अग्लो ढोका अर्का ग्राहकले निकै कसेर धकेल्दा खुकुलो भएको पसले पेङले बताइन् । 

ढोका पाँच वर्षअघि हालिएको र मर्मतका लागि नजाँचिएको उनको भनाइ छ, उनले थपिन् ।

याङलाई थप उपचारका लागि प्लास्टिक सर्जरी अस्पताल लगिएको छ र उनी एकदेखि दुई महिनामा पूरै ठीक हुने बताइएको छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x