मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
बुटवल- प्रदेश ५ का दुई मन्त्री नेकपाको जिल्ला इन्चार्ज बनेका छन । प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरी रुपन्देही जिल्ला नेकपाको इन्चार्ज भएका हुन् भने प्रदेश ५ कै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी नवलपरासी पश्चिमको इन्चार्ज भएका छन् ।
प्रदेश ५ मा अधिकांश सांसद र मन्त्रीलाई इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी पाएका हुन् । त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, रुपन्देहीका जिल्ला समन्वय समितिका संयोजक एकराज विक र प्रदेशसभा सदस्य दधिराम न्यौपाने रुपन्देहीको सह–इन्चार्ज भएका छन् ।
यस अगाडि पार्टीले जिल्लाको अध्यक्ष र सचिव चयन गर्दा जिल्ला सचिवमा नाम आएका न्यौपाने अहिले सह–इन्चार्ज भएका छन । उनले सचिव पदबाट राजिनामा दिइसकेका छन् ।
त्यस्तै पाल्पाको इन्चार्जमा प्रतिनिधि सभा सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले इन्चार्जको जिम्मेवारी पाएका छन । त्यस्तै सह–इन्चार्ज प्रदेश ५ मा सांसद तुलाराम घर्तीलाई दिइएको छ । कपिलवस्तुमा गिरीधारीलाल न्यौपाने इन्चार्ज र विमला घिमिरे सह इन्चार्ज छन ।
गुल्मीको इन्चार्जमा दिनेश पन्थी, अर्घाखाँचीको इन्चार्जमा नजिर मिया, सह इन्चार्जमा सुशीला श्रीपाली, प्युठानमा कृष्णध्वज खड्का, दाङमा इन्चार्ज जीवन गौतम, सह इन्चार्ज, इन्द्रजित थारु, दामाकुमारी शर्मा, नारायणी शर्मा निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वाशी, मेटमणि चौधरी, हेमराज शर्मा शान्त चौधरी, रुकुमपूर्वको इन्चार्जमा खेममान खड्का र सह इन्चार्जमा कमला रोका र तेजबहादुर ओली, रोल्पाको इन्चार्जमा दिपेन्द्र पुन, सह इन्चार्ज ताराकुमारी घर्ती र नविन रोकामगर, बाँकेको इन्चार्ज दिनेश यादव सह इन्चार्ज पूर्णकुमारी सुवेदी, महेश्वरजंग गहतराज र महम्मद हारुन र बर्दियाको इन्चार्जमा लक्ष्मण ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...