नेप्सेमा सामान्य सुधार

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार सामान्य अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ बिन्दुले बढेर एक हजार २७१.२३ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ बिन्दुले बढेर २७३.५० मा पुगेको छ ।


Advertisement

नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार भएका कूल ११ उपसमूह मध्ये तीन उपसमूहको शेयर आरोलो लागेको छ । त्यसमा निर्जीवन बीमा कम्पनी २१.८३, जीवन बीमा ६.४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ २.३४, होटल १७.०९, विकास बैंक १.७, जलविद्युत् ५.७३, वित्त ०.८७, उत्पादन ७.४५, अन्य २.०६ र लघुवित्त ७.४८ विन्दुले बढेको छ । लाभकर गणना विधिका विषयमा बुझाइमा केही समस्या भएपछि लगानीकर्ता अन्योलमा परेकाले बजार अपेक्षित उकालो लाग्न नसकेको बताइएको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्