एनआईसी एशिया बैंक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेड द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार आइक्यानद्वारा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरे । अन्य वाणिज्य बैंकहरूका वार्षिक वित्तीय प्रतिवेदनहरूलाई उछिन्दै एनआईसी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको हो ।


Advertisement

आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरूलाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरूलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ट वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रूपमा लिइन्छ । बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्स् (एनएफआरएस) को मापदण्डबमोजिम आफ्ना सरोकारवाला व्यक्ति तथा निकायहरूको आवश्यकता अनुसार पर्याप्त वित्तीय जानकारी उपलब्ध गराएको छ । यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९२ शाखा कार्यालयहरू, ३१० एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकका करीब १७ लाख ग्राहक छन् । 


Advertisement

कमेन्ट गर्नुहोस्