कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
काठमाडौं- कथासंग्रह 'गोहो'का लेखक जिके पोख्रेलले काल्बुङका पाठक तथा सर्जकहरूसँग बहस गरेका छन् ।
साङ्ग्रिला रिडर्स क्लबले गरेको आइतवारे डिस्कोर्समा 'कथाको काम' शीर्षकको बहसमा बोल्न उनलाई साङ्ग्रिला बुक क्याफेमा निम्त्याइएको थियो ।
गोहोलाई केन्द्रमा राखेर रिडर्स क्लबका सदस्यहरूले उनीसित एक घण्टा लामाे संवाद गरे । यसैबीच समीक्षकहरूले उनको कथा लेखन शैलीलाई`समाचारको सर्जमिन´जस्तै भन्ने सन्दर्भ कोट्याए ।
पोखरेलले भने, 'नेपालका पत्रकारहरू नेता वा मन्त्रीका पीएसँग अफिस काेठामा पुगेर `बुँदा´ टिपेर कथेकाे फिक्सनले पत्रिकाका मुखपृष्ठ भरिएका हुन्छन् । त्यसैले त भाेलिपल्ट नेता/मन्त्रीले समाचारमा आफ्नो `बाइट´ बङ्ग्याइएकाे स्पष्टिकरण दिन्छन् । हालकाे नेपाली पत्रकारिताकाे मुलधारकाे समस्या यही हाे । नेपालमा `कथ्य/आख्यानसिक्त´ समाचार परम्परा हुर्किएको छ। मेराे कथाकाे सन्दर्भमा शैली अलिक झिँझो लाग्दो र घुमाउराे भए पनि पढिसकेपछि मेरा कथाहरूले कुनै न कुनै विचार दिन्छ ।’
पोख्रेलले आफ्नो कथामा नेपालमा भएको माओवादी आन्दोलनप्रतिको असहमति रहेको खुलाउँदै भने, 'काेठे समाचारमा घाेकाइएको द्वन्द्व र मैले आफैं बाँचेको द्वन्द्व फरक थियो ।'
संवादका क्रममा लेखकले समाजको चिन्ता गर्ने भन्दै उनले आजको नेपाली गणतन्त्र जनयुद्धले तय नगरेको अनि गणतन्त्र १९ दिने आन्दोलन र दरबार हत्याकाण्ड रहेकाे खुलाए ।
‘अहिले नेपाली गणतन्त्र कुनै उपलब्धि हाेइन,' उनले भने, `पहिलेकाे पाँच विकास क्षेत्रकाे प्लटिङलाई नयाँ रूप दिएर सात प्रदेश बनाए, भुइँ मान्छेका समस्या उस्तै छन् । जनताले यति उपलब्धि मात्रै आशा गरेका थिएनन् । यही कुरा मैले कथामर्फत भनेको हुँ ।’
उनलाई पाठकहरूले नेपालमा लेखेर जीविका चलाउन सक्ने स्थिति बनिसकेको मिडियाको हल्ला दार्जिलिङसम्म नै आइपुगेको सन्दर्भ झिक्दै भने, 'त्यो हल्ला मात्रै हो । नेपालमा लेखेर जिविका चलाउने स्थिति बनेको छैन । तीन चारजना लेखकलाई देखाएर यस्तो हल्ला गरिएको मात्र हो ।'
उनले नेपालमा वेस्ट सेलर किताबबारे पनि यस्तो हल्लाखल्ला गरिएको बताए । यता रिडर्स क्लब सञ्चालक उमेश परियारले नेपालका कथा, लेखक, त्यहाँ लेखिएका साहित्य र समाजको सम्बन्ध पोखरेलबाट बुझ्न सहज बनेको जनाए । ‘दार्जिलिङमा नेपालका चर्चित किताबहरू आइपुग्छन् तर लेखकहरूसित दार्जिलिङका पाठकले संवाद गर्ने अवसर नै पाउँदैन,’ उनले भने, ‘रिडर्स क्लबले उप्रान्त नेपाली, हिन्दी, अंग्रेजी भाषाका लेखकहरूलाई निम्त्याएर संवाद निरन्तर गर्नेछ ।’
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...