सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दार्चुलाको खलंगामा

दार्चुला- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलाको महाकाली नगरपालिका वडा न. ४, खलंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बिहीवार उक्त शाखाको उद्घाटन महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उद्योग वाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले संयुक्त रूपमा गरे ।


Advertisement

समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिंह लालाको अध्यक्षतामा सम्पन्न उक्त क्रार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिहरू, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागिता रहेको थियो । हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन् । 

यस शाखाको सञ्चालनबाट ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा प्रदान गर्ने बैंकले विश्वास प्रतिबद्धता जनाएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्