सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ प्रालिबीच सम्झौता

वीरगञ्ज – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रालि वीरगञ्जबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्रालि का तर्फबाट कम्पनीका अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन् ।


Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँदै आएकोमा सम्झौता अनुसार बैंकका ग्राहकले भारतको प्रसिद्ध इस्र्कार्ट कम्पनीको ब्राण्डका वैकहो लोडर तथा हेभी ईक्यूपमेन्टको आधिकारिक बिक्रेता द हबि ट्रेडिङ्ख प्रालिबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अन्र्तगत खरिद रकमको अधिकतम ७० प्रतिशत सम्म कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

सेवा अन्तर्गत ग्राहकले बैंकको हाल सञ्चालनमा रहेका ८६ वटै शाखाबाट आफ्ना ग्राहकलाई यस किसिमको कर्जा प्रदान गरिने बैंकका नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशीले बताए । 


Advertisement

कमेन्ट गर्नुहोस्