काठमाडौं-लोक तथा दोहोरी गायक नवीन पौडेल र विष्णु घिमिरेको संयुक्त तीज गीत 'बोल्नुपर्छ ओई’ सार्वजनिक भएको छ ।
विभिन्न सरकारी अड्डामा हुने गरेको भ्रष्टाचार र ढिलासुस्तीप्रति व्यङ्ग्य गरिएको गीतमा पौडेल र पूर्णकला बिसीको स्वर रहेको छ ।
गायक पौडेलले गीतले मौलिक संस्कृति बोकेको बताउँदै दर्शकले मन पराउने बताए ।
दिग्गध धौरालीले लेखेको गीतमा विष्णुप्रसाद घिमिरेको लय छ ।
गीतको भिडियोमा रिना थापा र शंकर बिसीको फिचरिङ रहेको छ ।
दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।
यस्तो छ गीतको केही टुक्का :
धेरै भयो नबोलेको बोल्छु आज फेरि,
देशको यो हाल हुँदा पनि क्यारी बसम हेरि
बोल्नै पर्छ ओइ आइज ओइ साहिली, आइज ओइ माइली तितामिठा मनका कुरा खोल्नै पर्छ ओइ
समाचार सुन्दा छक्क पर्छिन् घरमा बुढी आमा
प्रहरीले समातेसी सुन भयो रे तामा बोल्नै पर्छ ओइ
भिडियो हेर्नुहोस् :
लोकान्तर संवाददाता