एशेज सीरीज : पहिलो टेस्टका लागि आर्चर टीममा सामेल

एजेन्सी- आईसीसी विश्वकपमा शानदार प्रदर्शन गरेपश्चात इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरलाई बिहीवारदेखि शुरू हुन लागेको अस्ट्रेलियाविरुद्धको एशेज सिरिजको पहिलो टेस्टमा समावेश गरिएको छ । 

२४ वर्षीय आर्चरले विश्वकपमा २० विकेट लिएका थिए । यसबाहेक उनले फाइनलको सुपरओभरमा पनि बलिङ गरेका थिए । आयरल्याण्डविरुद्ध खेलिएको एकमात्र टेस्टमा विश्राम पाएका जोस बटलर र अलराउन्डर बेन स्टोक्स पनि टीममा फर्किएका छन् । 


Advertisement

आर्चरसँगै तीव्र गतिका बलर जेम्स एन्डरसन, स्टुअर्ट ब्राड, ओली स्टोन, श्याम कुरेनलाई पहिलो टेस्टमै चुनिएको थियो । टीममा मोइन अली एक मात्र स्पिनर रहेका छन् । 

टीम : जोए रूट, मोइन अली, जेम्स एन्डरसन, जोफ्रा आर्चर, जोनी बेयरस्टो, स्टुअर्ट ब्रोड, रोरी बन्र्स, जोस बटलर, श्याम कुरेन, जोए डेनली, जेसन रोय, बेन स्टोक्स, ओली स्टोन, क्रिस वोक्स ।


Advertisement

कमेन्ट गर्नुहोस्