बंगलादेशको स्पिन बलिङ प्रशिक्षकमा डेनियल विटोरी नियुक्त

एजेन्सी- विश्वकप २०१९ पछि क्रिकेट टोलीमा खेलाडी र प्रशिक्षकहरू परिवर्तन हुन थालेका छन् ।

केही टीमका कप्तान पनि फेरिएका छन् भने केहीले सन्यास लिएका छन् । भारतीय टीमले पनि प्रशिक्षकमा रवि शास्त्रीको स्थानमा अरू कसैलाई अनुबन्ध गराउने तरखर गर्दैछ । विश्वकपमा टीमले गरेको प्रदर्शनको आधारमा केही परिवर्तनहरू भएका हुन् ।


Advertisement

यता बंगलादेशले पनि प्रशिक्षक फेरेको छ । दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर चार्ल लैंगवेल्ट र न्यूजील्याण्डका पूर्व लेफ्ट आर्म स्पिनर डेनियल विटोरीले प्रशिक्षण गर्ने भएका छन् ।


Advertisement

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले लैंगवेल्ट र  विटोरीलाई क्रमश: फास्ट बलिङ र स्पिन बलिङ कोचमा नियुक्त गरेको हो । लैंगवेल्टको कार्यकाल दुई वर्षको हुनेछ भने विटोरीले आगामी वर्ष हुने टी-२० विश्वकपसम्म प्रशिक्षण गराउनेछन् ।

डेनियल भिटोरीले यसअघि इन्डियन प्रिमियर लीग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरको प्रशिक्षण सम्हालिसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्