मौद्रिक नीतिपछि पनि दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं- मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार पुनः दोहोरो अंकले ओरालो लागेको छ ।

पुँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो ।


Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्टकका अनुसार नेप्से १७.११ बिन्दुले घटेर एक हजार २५२.८० बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४३ बिन्दुले घटेर २७०.०४ मा झरेको छ । नेप्से र सेन्सेटिभ परिसूचक आज क्रमशः १.३५ र १.२६ प्रतिशतले घटेका हुन् । स्टकक अनुसार कारोबार रकम पनि तुलनात्मक रूपमा घटेको छ । कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । बिहीवार नेप्से १४.१५ बिन्दुले घटेर एक हजार २६९.९२ बिन्दुमा बन्द भएको थियो । सो दिन कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भएको थियो । 


Advertisement

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरू सबै उपसमूहको शेयर घटेको छ । सामूहिक लगानी कोष ०.१६ बिन्दुले बढ्दा बैंकिङ १५.९२, व्यापार २.५३, होटल ९.४९, विकास बैंक १५.४९, जलविद्युत् ११.८५, वित्त १.८३, निर्जीवन बीमा ९९.६७, उत्पादन २४.७२, अन्य ७.४४, लघुवित्त २७.७ र जीवन बीमा १०६.८९ बिन्दुले घटेको छ । 

कमेन्ट गर्नुहोस्