कानमा विद्युतीय यन्त्रले काउकुती लगाउँदा बुढ्यौलीमा स्वस्थ भइने वैज्ञानिकहरूको भनाइ

काठमाडौं – कानमा विद्युतीय डिभाइसले काउकुती लगाउँदा व्यक्ति बुढ्यौलीमा थप स्वस्थ बन्न सहयोग पुग्ने वैज्ञानिकहरूले बताएका छन् । 

टाउकोको भेगस नसालाई उत्तेजित पार्दा व्यक्तिको स्नायु प्रणाली र महत्त्वपूर्ण पाचन प्रक्रियालाई जीवन्त बनाउने देखिएको छ । उक्त प्रणाली उमेर बढेसँगै कमजोर हुन्छ ।


Advertisement

अनुसन्धानकर्ताहरूका अनुसार, यसो गर्दा उच्च रक्तचाप, मुटुरोग र मुटुको अनियमित चालको जोखिम कम हुन्छ ।

दिनको १५ मिनेट मात्र कुतकुत्याउँदा पनि ५५ वर्षभन्दा माथिका मानिसमा वाञ्छित असर देखिएपछि वैज्ञानिकहरू उत्साहित भएका छन् । 


Advertisement

बेलायतको लीड्स विश्वविद्यालयका विज्ञहरूले २९ जना स्वस्थ स्वयंसेवीमा ट्रान्सक्युटेनीयस भेगस नर्भ स्टिमुलेसनको परीक्षण गरेका छन् । 

यसबाट पारासिम्पथेटिक स्नायु प्रणालीको गतिविधि बढेको पाइयो । यो प्रणालीले मुटुको चाल र पाचन प्रणाली नियन्त्रण गर्छ । 

केही स्वयंसेवकहरूले यसबाट उपचारका क्रममा आफ्नो निद्रा र मानसिक स्वास्थ्य सुध्रिएको बताए ।

मानिसहरू बूढो हुँदै जाँदा स्नायु प्रणाली प्रायः अप्रभावकारी बन्दै जान्छ र उनीहरूको मुटुमा समस्या देखिन थाल्छ । तर भेगस नसालाई उत्तेजित गरेर यसलाई उल्ट्याउन सकिन्छ ।

एजेन्सी 
 

कमेन्ट गर्नुहोस्