कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौँ -जातीय विविधताले धनी रहेको नेपालमा हरेक जातिका जन्मदेखि मृत्युसम्म आ-आफ्नै प्रकारका संस्कार छन् । एक जातिसँग अर्को जाति मिलेर बस्नु नेपालीको विशेषता भएपनि एक जातिको संस्कारका बारेमा अर्को जाति बेखबर रहेको पाइन्छ ।
राई जातिका बारेमा विभिन्न अध्ययन र अनुसन्धान गरेका लेखक चन्द्रकुमार हतुवालीले मृत्यु संस्कारका बारेमा धेरैलाई थाहा नभएको तथ्य खुलासा गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको 'अमूर्त संस्कृति' भन्ने पुस्तकमा हतुवालीले राई जातिमा मृत्यु संस्कार उमेर, मृत्युअवस्था र महिलाको हकमा महिनावारी पूर्णतः बन्द हुनु र नहुनुले पनि असर पार्ने बताएका छन् ।
राई जातिको मुन्दुमी विधान अनुसार मृत्युपछि मान्छेको आत्मा दुई प्रकारको बन्छ । तीमध्ये एउटा आत्मा चुल्होको छेउमा बस्छ भने अर्को आत्मा चुल्होबाहेक अन्य ठाउँमा बस्ने गर्छ । राई जातिको चुल्हो वा खाना पकाइ खाने ठाउँलाई पितृ बस्ने ठाउँको रुपमा पनि लिइन्छ । सहज ढंगले मरेका मृतकका आत्माहरुलाई पितृ भन्ने गरिन्छ, यस्ता आत्मालाई आत्मालाई धामिको सहयोगमा चुल्होमा बसाउने गरिन्छ ।
राई जातिमा मानिस मरिसकेपछि आत्मालाई आफ्नो ठाउँमा पुर्याएर राख्नुपर्छ भन्ने मान्यता छ । अन्यथा आत्माहरूले दुख दिन्छन् भन्ने विश्वास राई जातिले राख्ने गर्छन् । राई जातिको विधान पुस्तक मुन्दुमले मृत्यु हुँदाको अवस्थाको आधारमा कुन आत्मा कहाँ बस्ने भन्ने निश्चित गरेको छ ।
छेवर र गुन्यु संस्कार गरेको वा दाँत साटिएको, बिहे नगरी मृत्यु भएको, महिनावारी शुरु नहुँदै मरेकाको आत्मालाई वान्तवा भाषामा तोङ्गोरुम भनिन्छ, । यस्ता प्रकारका आत्माहरू चुल्होको छेउमा बस्छन् । तर चुल्होको पूजा गर्दा छेउमा बस्ने आत्मालाई पनि सँगै भाग दिइन्छ । चुल्होको छेउमा बस्ने आमालाई पितृको सहयोगी आत्माको रूपमा लिने चलन रहिआएको छ ।
चुल्हो र चुल्होको छेउमा बस्नेबाहेक बाहिर बस्ने आत्माहरू पनि हुन्छन भन्ने मान्यता राई जातिको विधि विधान पुस्तक मुन्दुममा उल्लेख गरिएको छ । साना बच्चाहरू, हल्लावा र मामाङका आत्माहरु बाहिर बस्छन् भन्ने कुरा मुन्दुममा बताइएको छ । मुन्दुम अनुसार बच्चाहरूको आत्मा (छाछामाङ) लाई पवित्र आत्मा मानिंदैन । यी आत्मालाई बस्ने ठाउँलाई बुङ्लाखा भनिन्छ । बुङ्लाखा फुलैफुलले भरिएको हुने र फुलको रस चुस्दै यी आत्माहरु बस्छन् भन्ने मान्यता रहिआएको छ । छाछामाङ आत्मा भड्किएमा बच्चाहरुलाई दुख दिने गर्छन भन्ने मान्यता छ ।
दुर्घटनामा परेर मृत्यु भएको मानिसको आत्मा र महिलाको महिनावारी बन्द नहुँदै वा बच्चा जन्माउँदै गर्दा मृत्यु भएमा ति मृतकको आत्मालाई पिचास भनिन्छ । दुर्घटनामा परेर मरेकाको आत्मालाई हल्लावा र महिनावारी बन्द नहुँदै वा बच्चा जन्माउँदै गर्दा मरेकाको आत्मालाई मामाङ भनिने र यी आत्माहरुलाई छिटोभन्दा छिटो धामीको प्रयोग गरी आफ्नै बासस्थानमा पुर्याउनुपर्दछ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...