बिग मुभिजमा फास्ट एन्ड फ्युरिअसको ‘हब्स एन्ड स’को विशेष प्रिमियर हुँदै

काठमाडौं - हलिउडको चर्चित सिनेमा फास्ट एन्ड फ्युरिअसको ‘हब्स एन्ड स’को विशेष प्रिमियर कमलपोखरीको सिटी सेन्टरस्थित अत्याधुनिक मल्टिप्लेक्स 'बिग मुभिज'मा हुने भएको छ ।

युनिभर्सल पिक्चर्स, एप्पल इन्टरटेनमेन्ट र बिग मुभिजको सहकार्यमा बिहीवार उक्त फिल्मको एक्सक्लुसिभ प्रिमियर हुन लागेको हो । 'फास्ट एन्ड फ्युरिअसको 'हब्स एन्ड स' संस्करण शुक्रबारबाट विश्वभर रिलिजहुँदैछ,’ बिग मुभिजका भरत अग्रवाल भन्छन्, ‘हामीले युनिभर्सल रिजिलको एक दिनअघि बिहीवार त्यसको एक्सक्लुसिभ प्रिमियर गर्दैछौं ।’


Advertisement

बिग मुभिजको ‘अउडी ३’मा देखाइने उक्त सिनेमाको प्रिमियरमा फिल्म, संगीत, कला, साहित्य, उद्योग–व्यवसाय, सञ्चारलगायत राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई बोलाइएको छ । सर्वसाधारणले शुक्रबारदेखि बिग मुभिजमा उक्त सिनेमा हेर्न पाउने छन् ।


Advertisement

फास्ट एन्ड फ्युरिअसको ‘हब्स एन्ड स’ संस्करण डेबिड लेथान्डद्वारा निर्देशिक अमेरिकी एक्सन फिल्म हो । यसको कथा क्रिस मोर्गान र ड्रिउ पिएर्सले लेखेका हुन् । यो सिनेमा मोर्गानले लेखेको कथामा आधारित छ । फिल्मको कथा ड्वाने जोन्सन र जसोन स्टाथम अभिनित मुख्य पात्र लुक हब्स र डाकार्ड सामा घुम्छ ।  

यसको वर्ल्ड प्रिमियर भने क्यालिफोर्नियाको लस एन्जलसस्थित डल्बी थिएटरमा जुलाई १३ मा भइसकेको छ ।

बिग मुभिज नेपालको पहिलो र अत्याधुनिक मल्टिप्लेक्स हो । बिग मुभिज अन्तर्गत काठमाडौंको कमल पोखरीस्थित व्यापारिक कम्प्लेक्स सिटी सेन्टरको चौथो तलामा तीनवटा सिनेमा हल छन् ।

 

कमेन्ट गर्नुहोस्