आयातित वस्तुमा व्यापारीले आफूखुसी मूल्य तोक्न भन्सार विभागको रोक

काठमाडौँ -भन्सार विभागले बिहीवारदेखि लागू हुने गरेर भन्सार बिन्दूमै अधिकतम खुद्रा बिक्री मूल्य तोक्नुपर्ने नियम लागू गरेको छ । 

यससँगै विदेशबाट आयात गरिने विभिन्न १२ प्रकारका सामानहरूमा व्यापारीहरूले मनपरी खुद्रा मूल्य तोक्न नपाउने भएका हुन् । 


Advertisement

भन्सार विभागका अनुसार टेलिभिजन, एयर कन्डिसन, फ्रीज, वासिङ मेसिन, माइक्रोओभन, विभिन्न जुसहरू, मार्बल, कुकिङ रेन्ज, चिम्नी, क्यामेरा र सबै प्रकारका सवारी साधनहरूको मूल्य भन्सार बिन्दूमै र भन्सार विभागको वेबसाइटमा पनि उपलब्ध हुनेछ ।

व्यापारीले आफूखुसी मूल्य तय गर्न पाउँदैनन् । यस्तो व्यवस्था २०६८ सालमै आइसकेको भएपनि कार्यान्वयन भएको थिएन ।  


Advertisement

 

 

कमेन्ट गर्नुहोस्