×

NMB BANK
NIC ASIA

मैथीली महिलाको सांस्कृतिक पर्व : मधुश्रावणीको महिमा

साउन १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आज विधिपूर्वक सम्पन्न भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

तेह्र दिनसम्म मनाइने यस पर्वमा मैथिलपुत्री विभिन्न गीत गाउँदै श्रीमानले ल्याए वा पठाएको फरिया, घुघट लगाएर सखीसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रागात्मक धरातलमा उभ्याउने गर्छिन । वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिका प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनको पूजामा केन्द्रित रही मनाइने चलन छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मौना पञ्चमीदेखि शुरु भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिमा मनाइने गरिएको पाइन्छ । पर्वमा प्रत्येक दिन गौरी तथा नाग–नागिनको पूजा गरी शिवपार्वती र नागसँग सम्बन्धित कथा सुनाउने गरिन्छ ।


Advertisment
Nabil box
Kumari

धार्मिक दृष्टिले मधुश्रावणी पर्व शैव धर्मसित सम्बन्धित बुझिन्छ ।  शिव आशुतोष र मनोवाञ्छित फल प्रदान गर्ने देवताका रूपमा रहेका छन । यस पूजामा तन्त्रको पनि प्रभाव रहेको देखिन्छ । तान्त्रिक दृष्टिले शिवको महत्वपूर्ण मानिन्छ । तन्त्र शास्त्रलाई शिव प्रणीत भनिन्छ । 
गौरीलाई शिवकी शक्तिका रूपमा मिथिलामा स्वीकार गरिएको छ । प्रत्येक सधुवा महिलाले गौरपुज्न गर्दा शिवसहित गौर्ये नमः जस्ता मन्त्र उच्चारण गर्ने गर्दछिन । गौरीलाई सौभाग्य प्रदायिनी देवी मानिएको छ ।

Vianet communication
Laxmi Bank

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई सामाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको पाइन्छ । वैदिक भावनानुकूल र सांस्कृतिक परम्परामा आधारित यो पर्वको उद्देश्य सुखी एवं दीर्घ दाम्पत्य जीवनका लागि गौरीका दाम्पत्य जीवनका प्रसङ्गका माध्यमले  जीवनलाई सुखी बनाउने र मनकामना पूर्णताका लागि उत्प्रेरित गर्नु हो ।
मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान श्रीराम जस्ता पति पाइन भन्ने धार्मिक आस्था पनि देखिन्छ । वाल्मीकि रामायणका अनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग भेट भएको थियो ।

पर्वमा कतिपय कथा शिव पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वाससमेत पाइन्छ ।

यो पर्व कहिलेदेखि शुरु गरिएको हो भन्न सकिने तथ्य नरहे पनि शिव पुराणको प्रसङ्गअनुसार मधुश्रावणी नामक नवविवाहिता शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउँदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए । उनको सुझाव अनुसार उनले व्रत गरेपछि पति निको भई स्वस्थ भए । त्यसै दिनदेखि प्रत्येक नवविवाहिताले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दै परम्परागत रूपमा मनाउँदै आएको बुझिन्छ ।

मधुश्रावणी पर्व दार्शनिक दृष्टिकोणबाट महत्वपूर्ण रहेको मानिन्छ । यसपर्व अन्तर्गत भनिने कथामा सृष्टितत्व, पृथ्वीको जन्म आदिको बयान हुनुका साथै जीवन, प्रारब्ध, कर्मफलको भाग, पुनर्जन्म लगायतका गम्भीर विषयलाई लोकथाको माध्यमले सुनाइने गरिन्छ । 
यस पर्वमा मौनापञ्चमी एवं विसहराको जन्म कथा, मनसा र मङ्गला गौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन ,सतीको पवित्रताको कथा, शिवको पारिवारिक कथा, गङ्गा उत्पत्ति, गौरीको जन्म र कामको कथा, गौरीको तपस्या, गौरी विवाहका जन्तीको कथा, कार्तिक र गणेशको जन्म, सन्ध्या र लीलीको विवाह, सुकन्या, बालवसन्त र गोसाउनीको कथ,  राजाश्रीकर र गणेशद्वारा सुहाग मन्थनको कथा श्रवण गरिन्छ ।

यस पर्वको सामाजिक दृष्टिले पनि महत्व रहेको छ । यसका कथामा महादेवको पारिवारिक जीवनसम्बन्धी कुरा, विवाह, गौरी र महादेवको दाम्पत्य जीवन विषयक प्रसङ्गका साथै अनेक विषय समाज र परिवारमा ईष्या, द्वेष  सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम वासना, मनोरञ्जन, दाम्पत्य पे्रम, पारिवारिक कर्तव्यबोधलगायतको वर्णन गरिएको पाइन्छ ।

यस पर्वमा नागदेवताका विशेष रूपमा पूजा गरिन्छ । मिथिलामा नागलाई विषहराका अछु, कछु, महानाग, श्रीनाग र नागश्री गरी पाँच बहिनीको स्वरूपमा विशेष विधिपूर्वक पूजा गरिएको पाइन्छ । 

विषहरालाई महादेवको सन्ततिसरह मानिएकाले यसको पूजनबाट एकातिर सर्पको भय नरहने र अर्कोतिर महादेव पनि प्रसन्न हुने विश्वास रहेको छ । समाजमा कन्यादान गर्दा कन्याको उमेर प्रायः किशारोवस्थाको रहने एवम् त्यस उमेरकी बालिका पारिवारिक र समाजिक विधि व्यवस्थाका विषयमा पटु नरहने हुनाले समाज वा परिवारकी प्रौढ महिलाद्वारा कथाको माध्यमले यस्ता गम्भीर र अत्यावश्यक कुराहरू बारे ज्ञान प्रदान गरिनु अन्यन्त महत्वपूर्ण मानिन्छ ।

यस पर्वमा महिला वर्गको मात्र सहभागिता रहने भएकाले नवयौवना बालिकालाई जीवनोपयोगी शिक्षा उपयोगी तरिकाले दिइने गरिन्छ, जसबाट ऊ मानसिक र शारिरिक रूपले समेत गृहस्थ जीवनयापनका लागि तयार हुन सकोस् । पर्वको अन्तिम विधि ‘टेमी विधि’ हुन्छ । यसमा बेहुलीको आँखा  छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । 

सामान्य अर्थमा यो विधि अव्यवहारिक, अन्धविश्वासी, रूढीवादी परम्परामा आधारित भएको देखिए पनि एउटा खास धार्मिक, सांस्कृतिक मान्यताको प्रतीक मानिएको छ । सो विधि डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सकिने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याएको पाइन्छ । हिमांशु चौधरी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x