त्यो हार सम्झेर अहिले पनि मन उदास हुन्छ - विराट कोहली

काठमाडौँ - विश्वकप क्रिकेट २०१९मा भारतीय टोली न्युजिल्यान्डसँग हारेर फर्किएको थियो ।

भारतले हार बेहोरेको तीन हप्ता भइसक्यो तर भारतीय टीमका कप्तान विराट कोहली भने अहिलेसम्म त्यो हार बिर्सन सकेका छैनन् ।


Advertisement

हार बेहोरेपछि निकै लामो समयसम्म आफू उदास रहेको कोहलीले बताएका छन् ।

कोहलीले वेस्ट इन्डिज विरुद्ध टी २० खेल हुनुभन्दा पहिला फ्लोरिडामा भएको पत्रकार सम्मेलनमा आफू सधैं उदास हुने गरेको बताएका हुन् ।


Advertisement

उनले भने, 'भारतीय टीमको आँखा अब अर्को वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप तयारीमा छ ।'

'हारको बारेमा सोचेर अहिले पनि मन उदास हुने गर्छ,' कोहलीले भने, 'हामी अब अगाडि आइसकेका छौं, हामी पेशेवर खेलाडी हौँ । यसैकारण विश्वकपमा जे भएपनि हामी स्वीकार्छौं ।'

 

 

कमेन्ट गर्नुहोस्