×

NMB BANK
NIC ASIA

नेयमारसँग मेरो कुनै झगडा छैन, उनी पीएसजीमै बसेको हेर्न चाहन्छु : एम्बाप्पे

साउन १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पेरिस सेन्ट–जर्मान क्लबका खेलाडी कीलियन एम्बाप्पेले आफू र नेयमारबीच कुनै पनि विवाद नरहेको बताएका छन् । नेयमार बार्सिलोना फर्किन खोजिरहेको हल्ला चलेको बेलामा एम्बाप्पेले नेयमारलाई टीमको फोटो खिच्ने बेलामा धक्का दिएर हटाएको एउटा भिडियो फूटेज सार्वजनिक भएपछि एम्बाप्पेको यो बयान आएको हो । 

Sagarmatha Cement
Muktinath Bank

दुई वर्षअघि कीर्तिमान रकममा बार्सिलोनाबाट पीएसजी गएका नेयमार पुनः बार्सा फर्किने हल्ला चलेको छ । यसैबीच एम्बाप्पेसँग उनको सम्बन्ध चिसिएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुन महिनाको शुरूतिर घुँडामा चोट लागेर आराम गरिरहेका नेयमार पूरै फिट भइसकेका छैनन् । तर शनिवार ट्रोफी देस च्याम्पियन्सको फाइनलमा पीएसजीले रेन्नेसलाई हराएर उपाधि जित्दा नेयमार पनि सेलिब्रेट गर्न गएका थिए ।


Advertisment
Nabil box
Kumari

त्यसक्रममा उनलाई एम्बाप्पेले हातले समातेर पर घचेडेका थिए । मार्को भेरात्तीले नेयमारलाई फेरि तानेर ल्याएका थिए ।

Vianet communication
Laxmi Bank

एम्बाप्पेले उक्त खेलमा एक गोल गरेका थिए र उनले नेयमारलाई मन नपराएको प्रस्ट देखाउँदै घचेडेर कता पुग्यो भनी हेरेको भिडियोमा देखिन्छ । 

नेयमारले फोटोहरू खिचाइसकेपछि टीमका साथीहरूसँग हँसीमजाक गरेको देखिन्छ तर उनी र एम्बाप्पेबीच सम्बन्ध चिसिएको हल्ला चाहिँ चलिरहेको छ । 

यस सम्बन्धमा पत्रकारहरूले प्रश्न सोध्दा एम्बाप्पेले भने, ‘उनी बसून् भन्ने नै मेरो चाहना हो । मैले उनीसँग कुरा गरेको छु । उनका बारेमा मेरो के धारणा छ भन्ने उनलाई थाहा छ । हामी दुईबीच सौहार्द्रता छ । हामीहरूले इमान्दारी र सम्मानको आधारमा सम्बन्ध बनाएका छौं । म उनलाई सम्मान र प्रशंसा गर्छु भन्ने उनलाई थाहा छ ।’

नेयमारले क्लब छोड्ने हल्ला लामो समयदेखि चलिरहेको छ तर ट्रान्सफरको अवधि सकिन लागेकाले सेप्टेम्बर महिनाको शुरूआततिर नेयमारको भविष्यको टुंगो लागिसक्ने अपेक्षा छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x