मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
साउन १९, २०७६
काठमाडौं – पछिल्लो समय अटो मोबाइल्स (सवारी साधन) क्षेत्रको व्यवसायमा गिरावट आएको छ । सरकारी नीतिका कारण उक्त क्षेत्रको कारोवार ३५ देखि ४० प्रतिशतले घटेको हो ।
व्यवसायीहरूका अनुसार जेठ १५ गतेपछि सवारी साधनको व्यापार ३५ देखि ४० प्रतिशतले घटेको छ ।
व्यवसायीहरू पछिल्लो समय आएको गिरावटको वास्तविक तथ्यांक सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । ३५ दखि ४० प्रतिशतले घटेको प्रारम्भिक अनुमान व्यवसायीहरूको छ ।
नेपाल अटो मोबाइल्स एसोसियसन (नाडा) का सचिव सुरेन्द्र प्रधानले एसोसियसनले चाँडै नै कारोवारको तथ्यांक सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए ।
‘हामी तथ्यांक संकलनका क्रममा रहेका छौं,’ उनले भने, ‘चाँडै सार्वजनिक गर्छौं ।’
यसकारण घट्यो कारोबार
अटो मोबाइल्स व्यवसायीहरूले सरकारी नीतिका कारण व्यापारमा गिरावट आएको बताएका छन् ।
व्यवसायीहरूका अनुसार सरकारले व्यापार घाटा न्यूनिकरणका लागि भन्दै लिएका विभिन्न नीतिहरूले सवारी साधनको कारोवार घटेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् वाणिज्य बैंकहरूले दिने व्यक्तिगत कर्जामा कडाई गरेका कारण व्यक्तिले सवारी साधन खरिद गर्न छाडेको व्यवसायीहरूको तर्क छ ।
‘पहिला बैंकहरूले ८० प्रतिशतसम्म सवारी कर्जा दिन्थे,’ प्रधानले भने, ‘अहिले ५० प्रतिशतसम्म मात्रै लोन दिन्छन् । यसरी खरिद नभएर व्यापार घटेको अवस्था छ ।’
पहिला गाडीको मूल्य एक करोड रुपैयाँ पर्ने भएमा खरिदकर्ताले २० लाख रुपैयाँ तत्काल तिरेर ८० लाख रूपैयाँ किस्तामा तिर्न सक्थे । पछिल्लो समय १ करोडको गाडीलाई ५० लाख रुपैयाँ तत्काल तिर्नुपर्ने अवस्था छ ।
सवारी कर्जा ५० प्रतिशत मात्रै पाउने व्यवस्था भएकाले कारोवारमा फरक आएको व्यवसायीको भनाइ छ ।
सरकारले गत जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्दै व्यापार घाटा घटाउने रणनीति अघि सारेको थियो ।
सरकारले अघि सारेको सो रणनीति अनुसार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूले दिने व्यक्तिगत कर्जामा कडाइ गरेको छ ।
व्यक्तिगत कर्जामा कडाई गरेका कारण सवारी साधन खरिदका लागि आफ्नै लगानीले अपुग हुने हुँदा सवारी साधन खरिद नभएको व्यवसायीहरू बताउँछन् ।
सरकारले गत वर्ष सार्वजनिक सवारीमा रहेको सिन्डिकेट हटाउने निहुँमा सार्वजनिक यातायातलाई प्राइभेट लिमिटेडमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो ।
यातायात व्यवसायीहरूले प्राइभेट लिमिटेडमा दर्ता नहुँदा पनि सवारी साधनको कारोवारमा कमी आएको अटो मोबाइल्स व्यवसायीहरूको भनाइ छ ।
नेपालमा भारतीय सवारी साधन पनि निर्वाध रूपमा चलिरहेका र ढुवानी कारोवार गर्दै आएकाले पनि नेपालमा सवारी साधनको कारोवार घटेको व्यवसायीहरूले बताउँदै आएका छन् ।
व्यापार घट्दा राजस्वमा असर
३५ देखि ४० प्रतिशतले कमी आउनु भनेको आधा व्यापार घट्नु हो । उक्त क्षेत्रको कारोवार झण्डै आधाले घटेपछि मुलुकको राजस्व व्यवस्थापनमा नै चुनौती थपिएको एक अटो व्यवसायीले बताए ।
सवारी साधनमा सरकारले करीब ३ गुणा बढी कर लिँदै आएको छ । भन्सार विभागका अधिकारीहरूका अनुसार सवारी साधनको आयातमा ८० प्रतिशत भन्सार शुल्क, सवारी साधनको क्षमता अनुसार (सीसी)का आधारमा ६० देखि १०० प्रतिशतसम्म अन्तःशुल्क, १० प्रतिशत सडक दस्तुर शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको छ ।
व्यवसायीहरूका अनुसार राजस्व संकलनको सरकारी लक्ष्यको ठूलो हिस्सा सवारी साधनको आयात तथा कारोवारबाटै संकलन हुने गरेको छ ।
चालू आर्थिक वर्षमा सरकारले कुल बजेटमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनबाट पूर्ति गर्ने लक्ष्य लिएकोमा सवारी साधनको आयात तथा बिक्रीबाट मात्रै करीब १ खर्ब १० अर्ब रुपैयाँ संकलन हुने अनुमान अटो मोबाइल्स व्यवसायीहरूले गरेका छन् ।
बजेटको ठूलो स्रोतको रूपमा संकलन गरिँदै आएको राजस्वको ठूलो हिस्सा यही क्षेत्रबाट संकलन गरिँदै आएकाले त्यसको प्रत्यक्ष असर बजेट व्यवस्थापनमा नै पर्ने देखिन्छ ।
त्यस्तै अटो मोबाइल्स व्यवसायमा मुलुकभरी १० हजारले रोजगारी पाएको व्यवसायीहरूको तथ्यांक छ । सयौंको संख्यामा डिलरहरू समेत रहेका र करीब १० हजारले रोजगारी समेत पाएकाले सो क्षेत्रको व्यापारमा धक्का लाग्नु मुलुकका लागि सकारात्मक नरहेको व्यवसायीहरूको तर्क छ ।
आयातकर्ता, ग्यारेजको मान्छे, पार्टपूर्जा व्यवसायी, डिलर्स लगायत धेरैको जीविकोपार्जनमा सो क्षेत्रले मद्दत पुर्याएको छ । सो क्षेत्र धरासयी भएमा रोजगारमा समेत असर पर्ने निश्चित रहेको व्यवसायीहरू बताउँछन् ।
के–के हुन् सुधारका उपाय ?
पछिल्लो समय धरासयीउन्मुख देखिएको सो क्षेत्रको सुधारका लागि व्यवसायीहरूले सरकारलाई केही सुझाव दिएका छन् ।
सरकारले यसको सुधारको लागि प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहित गर्नुपर्ने र त्यसका लागि आवश्यक नीतिको व्यवस्था गरी कडाईका साथ कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरूको सुझाव छ ।
सवारी साधनको कारोवारको योजनाका लागि सरकारले हौसला दिनुपर्ने व्यवसायीहरू बताउँछन् । एसेम्ब्लिङ उद्योगका लागि हौसला दिनुपर्ने उनीहरूको सुझाव छ ।
नेपालमा निर्वाधरूपमा चलिरहेका भारतीय गाडीमा रोक लगाउनु पर्नेमा पनि व्यवसायीहरूको जोड छ ।
सवारी साधनको आयातलाई विलासिताको वस्तुको रूपमा नलिई अत्यावश्यक वस्तुकै रूपमा लिनु पर्ने व्यवसायीको अर्को माग छ ।
सरकारले अत्यावश्यक वस्तुको रूपमा हेरेर सोही अनुसार व्यवहार गर्नुपर्ने माग व्यवसायीले राख्दै आएका छन् ।
पछिल्लो समय सबै स्थानीय तह तथा सबै जिल्ला सदरमुकाम सडकको पहुँचमा पुगेको अवस्थामा सवारी साधन अत्यावश्यक वस्तुको रूपमा स्थापित भइसकेको व्यवसायीको तर्क छ ।
यस्तो अवस्थामा विलासिताका वस्तु भनेर सरकारले यो क्षेत्रलाई निरुत्साहित गर्न नहुने व्यवसायीहरूको तर्क छ ।
नाडाका सचिव प्रधानले सरकारले व्यक्तिगत लोन पाउने सुविधा विस्तार गरिदिनुपर्ने र ५० प्रतिशतको सीमालाई कम्तीमा ७० प्रतिशत पुर्याउन सकेमा अटो व्यवसायमा सुधार अपेक्षा व्यक्त गरे ।
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...