पुरुष भलिबल यसै सातादेखि शुरू हुने

प्रतिकात्मक तस्वीर

काठमाडौं– ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरू गरिने भएको छ ।

सामाखुशी इङलिस बोर्डिङ स्कूल (सेब)  मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि आयोजना गरिने भएको हो ।


Advertisement

एक सय सत्र टोली सहभागी हुने उक्त  प्रतियोगितामा  विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार पाउनेछन्।

त्यसैगरी तेस्रो हुनेले रु २५ हजार र चौथो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए ।


Advertisement

तीनदिने उक्त प्रतियोगिता नयाँ बसपार्कमा आयोजना हुनेछ ।

कमेन्ट गर्नुहोस्