×

NMB BANK
NIC ASIA

रमण कन्स्ट्रक्सन कालोसूचीमा, नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनबाट रोक

साउन २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारले जीआईटीसी रमण जेभी (रमण कन्स्ट्रक्सन)लाई नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनबाट रोक लगाएको छ । सार्वजनकि खरिद अनुमगन कार्यालयले मंगलवार सूचना जारी गर्दै रमण कन्स्ट्रक्सनलाई नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनबाट रोक लगाएको हो । 

Muktinath Bank

हुलाकी सडक निर्देशनालयले रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस गरेकाले आगामी दिनमा नयाँ ठेक्का प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको जानकारी सार्वजनिक खरिद अनुमगन कार्यालयले दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुलाकी सडक निर्देशनालयले रमण कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको नारायणी पुल निर्माणको काम नगरेको भन्दै दुवै ठेकेदारलाई कालोसूचीमा राख्न खरिद अनुमगन कार्यालयलाई गत असार २० मा पत्राचार गरेको थियो ।


Advertisment
Nabil box
Kumari

सोही पत्रको आधारमा सार्वजनिक खरिद अनुमगन कार्यालयले रमणलाई नयाँ ठेक्का प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्ने तयारी गरेको थियो ।

Vianet communication
Laxmi Bank

कालोसूचीमा राख्ने खरिद अनुमगन कार्यालयको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । असार २३ गते सर्वोच्च अदालतले हुलाकी सडक निर्देशनालयको पत्र अनुसार रमण र पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको थियो ।

त्यसपछि सर्वोच्च अदालतले गत साउन १५मा ‘असार २३ मा दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने’ भन्दै आदेश दिएकाले रमण र पप्पुलाई नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनमा रोक लगाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता यज्ञराज कोइरालाले जानकारी दिए ।

त्यस्तै खरिद अनुमगन कार्यालयका शाखा अधिकृत कैलाश ठकुराठीले नारायणी पुल निर्माणको काम नगरेको भन्दै हुलाकी सडक निर्देशनालय टेकुले पठाएको पत्रको आधारमा ठेकेदारले नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनमा रोक लगाइएको जानकारी दिए । हुलाकी सडक निर्देशनालयले रमण र पप्पु जेभी, जनकपुर ९, धनुषालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्राचार गरेको थियो ।

रमण कन्स्ट्रक्सन धरहरा निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी हो । धरहरा पुननिर्माणको काम समेत सन्तोषजनक छैन ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ उपनियम (२) बमोजिम सो निर्माण व्यवसायीको कालोसूची सम्बन्धी कारवाही पक्रिया खरिद कार्यालयबाट टुङ्गो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिद कार्यमा भाग लिन नपाउने गरी रोक लागाइएको व्यहोरा सम्बन्धित सार्वजनिक निकायहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ मंगलवार प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x