पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
सन् २०१७ मा औपचारिक भ्रमणको दिन तोकिनै लाग्दा रोकिएको चिनियाँ राष्ट्रपति शी चिनफिङ्गको नेपाल भ्रमण सन् २०१९ को अक्टोबरमा हुने सम्भावना प्रवल बनेको छ । कर्मचारी र राजनीतिक वृत्तबाट सार्वजनिक रूपमा आउने एकाध टिप्पणीमा पनि भ्रमणका बारेमा धारणा आउन थालेका छन् ।
सबैले ‘उपयुक्त समय’ मा चिनियाँ नेताको नेपाल भ्रमण हुनेछ भनेता पनि चीनका राष्ट्रपति सीले अक्टोबरमा नेपाल भ्रमण गर्नेछन् र केही महत्त्वपूर्ण परियोजना निर्माणका लागि समझदारी हुनेछन् । भ्रमणले बेल्ट एण्ड रोड इनिसिएटिभको (बीआरआई) अन्र्तगतका परियोजना छनौट र कार्यान्वयनको चरणमा भैरहेको ढिलाई अन्त्य गर्नेछ ।
आफ्नो पहिलो कार्यकालमा दक्षिण एशियाका सबै मुलुकको भ्रमण गरेका राष्ट्रपति शीको दोस्रो कार्यकालमा भने नेपाल भ्रमण प्राथमिकतामा परेको छ । राष्ट्रपति शीको नेपाल भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयाम त थपिने छ नै विश्वको दोस्रो ठूलो अर्थतन्त्र तथा नजिकको छिमेकबाट शीर्ष नेतृत्वको २३ वर्षपछि हुने भ्रमणले नेपालको महत्त्व क्षेत्रीय मुद्दाहरूमा सशक्त हुन जान्छ ।
गत महिना चीनको दालियानमा आयोजना भएको विश्व आर्थिक मञ्चको बैठकमा सहभागी भएपछि हतारहतार बेइजिङ पुगेका नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुईवटा महत्त्वपूर्ण बैठक र भेटघाटमा सहभागी भए । दालियानबाट बेइजिङ्ग पुगेकै दिन ग्रेटहल अफ दी पिपल्समा चिनियाँ समकक्षी वाङ्ग यीसँग छलफल गरे भने त्यसको भोलिपल्ट चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग ।
अधिकारीहरूका अनुसार मन्त्री ज्ञवाली र उनका समकक्षी वाङ्गबीचको मुख्य छलफल राष्ट्रपति शी चिनफिङ्गको नेपाल भ्रमणमा केन्द्रित थियो । गत अप्रिलमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणताका पनि शीलाई नेपाल भ्रमणको निम्ता त दिइएको थियो तर नितान्त भ्रमणका बारेमा केन्द्रित रहेर भएको छलफल दुई परराष्ट्रमन्त्री स्तरमै भएको होे ।
स्वाभाविक रूपमा उक्त छलफलमा चीनका तर्फबाट सुरक्षा र भ्रमणका एजेन्डाका बारेमा गहिरो चासो प्रकट भएपछि नेपालले आफ्ना तर्फबाट आश्वस्त पार्ने प्रयास भयो ।
स्रोतहरूका अनुसार अगस्ट महिनाको अन्त्यसम्म चिनियाँ विदेशमन्त्री वाङ्ग राष्ट्रपति शीको भ्रमणको तयारी र भ्रमणका महत्त्वपूर्ण एजेन्डामा छलफलका लागि काठमाडौं आउनेछन् ।
सम्भवतः भ्रमणको मिति मध्य अक्टोबरका लागि तय गरिने निश्चितप्रायः छ । अक्टोबर १ जनगणतन्त्र चीन स्थापनाको ७० वर्ष पुगेको अवसरमा बेइजिङ्ग विषेश कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको छ भने लगत्तै मध्ये अक्टोबरमा भारतीय प्रधानमन्त्रीको आमन्त्रणमा चिनियाँ सर्वोच्च नेता शीले वाराणशीको भ्रमणमा गर्ने भारतीय सञ्चारमाध्यमहरूले यसअघि नै उल्लेख गरेका छन्, तर चिनियाँ पक्षबाट उक्त भ्रमणका बारेमा पनि केही विवरण सार्वजनिक भएको छैन ।
‘शान्त र शालीन’ भनेर चित्रित गरिने चीनको कूटनीतिका कारण पनि हुनसक्छ उनीहरू गम्भीर विषय परिपक्व नभएसम्म हतारमा प्रतिक्रिया दिन रुचि राख्दैनन् । तसर्थ, चीनमा माओत्सेतुङ्ग पछिका सबैभन्दा शक्तिशाली मानिएका नेता शीको भ्रमण तयारीका लागि चिनियाँ परराष्ट्र मन्त्रालय, नेपालस्थित चिनियाँ दूतावास र हाम्रातर्फबाट पनि आवश्यक संयन्त्रहरू क्रियाशील देखिन्छन् ।
जानकारहरूका अनुसार दुवै पक्षबाट भ्रमणको तयारी कार्य तीव्ररूपमा भैरहेको छ । यद्यपी चीनतर्फबाट निरन्तरको चासो भने नेपालमा बीआरआई फ्रेमवर्कमा परियोजना अघि बढाउनमा किन ढिलो भएको छ भन्ने हो । र अर्को निश्चित के छ भने चिनियाँ नेताको यो पटकको नेपाल भ्रमण स्टप ओभर भने हुनेछैन ।
पछिल्लो समय चिनियाँ राष्ट्रपति शी चिनफिङ्गको भ्रमणका बारेमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले दिएको अभिव्यक्तिले भ्रमणबारे नयाँ तरङ्ग ल्याएको छ ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति शीको भ्रमणको सन्दर्भ सडकमा हल्ला गर्ने विषय नभएको भन्दै नेपाल तीव्र प्रतीक्षामा रहेको बताएका थिए ।
‘तीव्र आशावादी छौं । विश्वको महाशक्ति बन्दै गरेको राष्ट्रबाट उच्चस्तरीय भ्रमण नेपाली जनताले व्यग्र प्रतीक्षा गरिरहेका छन् । स्वागतका निम्ति झण्डै ६ करोड हातहरू र ६ करोड आँखाहरू र ६ करोड मनहरू तयार भएर बसेको अवस्था हो । (भ्रमण) हुँदैन भन्ने हो, चर्चा मात्र भन्ने हो भने आजसम्म यत्रा भ्रमणहरू किन भए ?,’ प्रतिप्रश्न गर्दै प्रधानमन्त्री ओलीका विश्वासपात्र बास्कोटाले देशको कार्यकारी औषधिमूलोका लागि विदेश गएका बेला निर्धक्कसँग चीनका राष्ट्रपति शी नेपाल भ्रमणका लागि आउने बताए ।
यसो त चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले पनि हालै चीनको पिपल्स डेलीलाई दिएको एक अन्तर्वार्तामा चीनतर्फबाट हुने उच्चस्तरको भ्रमणका बारेमा मुख खोलेका छन् ।
‘हामीले चिनियाँ नेतालाई भ्रमणका लागि निमन्त्रणा गरेका छौं । चीनबाट नेपालतर्फ राजनीतिक तहमा उच्चस्तरको भ्रमण नभएको केही (लामो) समय भैसकेको छ । भ्रमण हामीबीचको द्विपक्षीय सम्बन्धलाई थप गति दिन एकदमै महत्त्वपूर्ण छ । हामीबीच उच्चस्तरको राजनीतिक समझदारी, ज्यादै सुमधुर सम्बन्ध र नेपालतर्फबाट उच्चस्तरको भ्रमण भएकाले पनि हामीले चीनबाट त्यस्तै प्रकारको भ्रमणको अपेक्षा गरेका छौं ।
अप्रिल महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका समयमा सो बारेमा छलफल भएको थियो । चिनियाँ नेताहरूले सुन्दर देश नेपाल घुम्न इच्छुक रहेको बताएका छन् ।
चिनियाँ नेतालाई नेपालमा स्वागत गर्न पाउनेमा हामी ढुक्क छौं’, चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपल्स डेलीलाई अगस्ट १ मा लागि दिएको अन्तर्वार्तामा राजदूत पौड्यालले भनेका छन् ।
तसर्थ, दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप गति दिन र चीनको चामत्कारिक आर्थिक तथा सामाजिक विकासबाट हामीले लाभ लिनका लागि नेपालका तर्फबाट भ्रमणको थप तयारी अनिवार्य छ । बदलिँदो क्षेत्रीय तथा विश्व परिवेशमा भरपर्दो छिमेकी चीनबाट कसरी पारस्परिक लाभ लिने र बीआरआई अन्र्तगतका परियोजना छनौटमा भएको ढिलाइ अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सकारात्मक कदम चाल्न ढिला भैसकेको छ ।
प्रधानमन्त्री ओली उपचारपश्चात स्वदेश फर्केलगत्तै बीआरआई अन्तर्गतका परियोजना छनौट र कार्यान्वयनका लागि नेपालका तर्फबाट गरिने गृहकार्यका लागि छरितो कार्यदल बनाएर अघि बढ्नु उपयुक्त हुनसक्छ । यदि कुनै पनि परियोजना छनौटमा अरुचि र हाम्रोतर्फबाट ढिलासुस्तीको छनक चीनलाई भयो भने हामीले मौका गुमाउनेछौं ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...