८ वर्षपछि अजय र अभिषेक एउटै पर्दामा

काठमाडौँ - भारतीय फिल्म उद्योग बलिउडका दुई अग्रज अभिनेता अजय देवगन र अभिषेक बच्चन पुनः एकपटक एउटै फिल्ममा देखिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी दुवै अभिनेता एउटा ड्रामा फिल्ममा सँगै देखिने भएका हुन् जुन फिल्म अजय देवगनले निर्माण गर्नेछन् ।


Advertisement

कुकी गुलाटीले निर्देशन गर्ने भनिएको उक्त फिल्ममा यी दुई अभिनेताका साथमा इलियाना डीक्रुजर पनि रहनेछिन् ।


Advertisement

अहिले नाम गोप्य राखिएको उक्त फिल्मको प्री-प्रडक्सनको काम भइरहेको बताइएको छ । उक्त फिल्म १९९० देखि २००० बीचमा घटेका सत्य घटना जसका कारण भारतीय अर्थतन्त्रमा आएको बदलावमा आधारित भएको स्रोतको हवाला दिँदै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अजय देवगनले स्क्रीप्ट बढ्ने बित्तिकै काम गर्न राजी भएका थिए । फिल्मको शुटिङ २०१९ को अन्त्यतिरबाट हुने बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्