×

NMB BANK
NIC ASIA

आफूले खरिद गरेको मासुमा शंका लाग्यो ? त्यसो भए गराउनुस् डीएनए परीक्षण

साउन २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – तपाईंले खाइरहनुभएको मासु कुन जनावरको हो भन्ने शङ्का लागेको छ ? खसी, बोका वा कुखुराको भन्दै अरु कुनै जन्तुको मासु खाइरहनु भएको त छैन ? 

Sagarmatha Cement
Muktinath Bank

यदि यस्तो तपाईंलाई शङ्का छ भने त्यसको समाधान हुनसक्छ डिएनए परीक्षण । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गत आवमा मात्रै झण्डै ६५ वटा जनावरसम्बन्धी मुद्दामा डिएनए परीक्षणद्वारा समाधान निकालिएको छ । तीमध्ये ४९ वटा मुद्दा वन्यजन्तुसम्बन्धी र १६ मुद्दा गाईसम्बन्धी भएको प्रयोगशालाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकदशक पहिलेदेखि मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत प्रयोगशालाले तीन वर्ष पहिलेदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताउनुभयो ।


Advertisment
Nabil box
Kumari

यो दुई वर्षमा वन्यजन्तु चोरी शिकार गरेर निर्यात गर्न लागेको भनी विभिन्न निकायबाट लागि आएको मुद्दा पनि परीक्षण भएका छन् । कतिपय मुद्दामा झुक्काएर जङ्गली जनावर भनी घरपालुवा जनावरको अङ्गसमेत ओसारपसार भएको पाइएको प्रयोगशालाले जनाएको छ ।

Vianet communication
Laxmi Bank

पहिलेपहिले पनि जनावरसम्बन्धी परीक्षणका लागि मुद्दा आउने गरेको प्रयोगशालाका डिएनए युनिटका प्रमुखसमेत रहनुभएका झाले जानकारी दिनुभयो । डिएनए प्रविधिबाट परीक्षण नहुँदा प्रयोगशालाले ती मुद्दा फर्काउने गरेको उहाँले बताउनुभयो । अहिले विश्वका जुनसुकै प्रजातिको जनावरको अङ्ग फेला परेमा पत्ता लगाउन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसले गर्दा अपराध अनुसन्धानमा सजिलो भइरहेको हामीले पाएका छौँ ।”

प्रयोगशालामा जनावरका अङ्गस्वरुप बँदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको झाले बताउनुभयो । खुला आँखाले ती वस्तु के हो भन्ने छुट्टिदैन । मासुलाई सुकुटी वा अरु भागलाई त्यसरी नै फरकस्वरुपमा बिक्री गरिँदा त्यो कुन जनावरको अङ्ग हो भनेर छुट्याउन नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले ताजा र सुक्खा दुवै खालको मासुको परीक्षण गर्न सक्छौँ ।” 

फरकखालका जनावरको अङ्ग फरकफरक प्रयोजनका लागि प्रयोग हुने गरेको प्रयोगशालाले जनाएको छ । बाघको मासु सुकुटी बनाउन, अरु भाग औषधि बनाउन प्रयोग हुने गरेको पाइएको छ । कस्तुरीको बिना, भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको बताइएको छ । 

उहाँले भन्नुभयो, “स्वदेशभित्रै मात्रै होइन जनावरको ओसारपसार विदेशसम्मसमेत भएका घटना हामी कहाँ आइरहेका छन् ।” यहाँ आएका घटनामा घरपालुवा जनावरमा सबैभन्दा बढी गाईसम्बन्धी मुद्दा रहेको प्रयोगशालाले जनाएको छ । तीबाहेक भैँसी, बाख्रालगायतका घरपालुवा जनावर वन्यजन्ुत भन्दै झुक्काएर बिक्री वितरण भइरहेको उहाँले बताउनुभयो । कतिपय जनावरको अङ्ग कुहिएर बिग्रिएकै अवस्थामा आइपुग्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मासुलगायतका भाग कुहिसक्दा पनि हामीले डिएनए परीक्षणमार्फत नतिजा निकालिरहेका छौँ ।”

कतिपय जनावरको अङ्ग नाङ्गो आँखाले हेर्दा उस्तै देखिने सूचना अधिकारी झाले बताउनुभयो । उहाँका अनुसार पाटेबाघ र चितुवा र अरु पनि कतिपय जनावरको कतिपय अङ्ग खाली आँखाले हेर्दा उस्तै देखिन्छ । डिएनए परीक्षणबाट मात्रै कुन प्रजातिको र कुन ठाउँको जनावर भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ । 

अधिकांश घटनामा कुन चाहिँ जनावर हो भन्ने छुट्याइने र केही घटनामा भने जनावर हाम्रो देशको हो कि होइन भनेर छुट्याउन गरेको छ । त्यसबाहेक भारत, चीनलगायतका छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर होे भन्ने सजिलै छुट्याइने गरिएको उहाँले बताउनुभयो । 

प्रयोगशालामा परीक्षणका लागि आउनेमा गैँडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बिना, पाटेबाघ र चितुवाको छाला बढिरहेको तथ्याङ्कले देखाएको छ । यी जनावरको छाला, खप्पर, हाड, नङ्ग्रा खाग, छाला, दाह्रा, बिनालगायतका अङ्ग चोरी शिकारीका मुद्दा बढी आएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा सबैभन्दा बढी अदालतबाट मुद्दा आउने गरेको सूचना अधिकारी झाले बताउनुभयो । तीबाहेक निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, वन विभाग, जिल्ला वन कार्यालयलगायतका निकायबाट पनि मुद्दा आइरहेका छन् । गत आवमा प्रयोगशालामा आएका ६५ मुद्दामा सबैको परीक्षण गरेर राय दिइसकेको उहाँले जानकारी दिनुभयो । 

प्रयोगशालामा आव २०७३/७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०० दुई वटा नमूना परीक्षणका लागि आएका थिए । प्रयोगशालामा विसं २०६२/६३ बाट पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षण शुरु भएको थियो । 

प्रयोगशालामा अहिले मानिस र जनावरको डिएनए परीक्षणसँगै विवादित प्रलेख, टक्सिकोलोजी (विषादी, लागुऔषध, अल्कोहलसम्बन्धी), रसायन (केमेष्ट्री) तथा नार्काेटिक्स (लागुऔषध वा प्रज्ज्वलनशील पदार्थसम्बन्धी) मुद्दामा प्रयोगशालामा परीक्षण हुँदै आएको छ । सञ्चिता घिमिरे/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x