×

NMB BANK
NIC ASIA

१९ वर्षे कलिला वैज्ञानिक तनमय चौधरी : डेढ वर्षदेखि जेट इन्जिन बनाउँदै

साउन २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- जब मान्छेको सोच र जोश सिर्जनशिल हुन्छ, तब उसले अनेकन असफलतालाई मात दिँदै नयाँ सिर्जना दिन थाल्छ । र नयाँ–नयाँ खोज र आविष्कारको जन्म हुन्छ ।

Muktinath Bank

त्यही सिर्जनशिल सोचलाई 'जोश'मा परिणत गरेका धनगढी उपमहानगरपालिका–५ तारानगरका १९ वर्षीय तनमय चौधरी कलिलै उमेरदेखि नै एकपछि अर्को नयाँ–नयाँ वैज्ञानिक आविष्कार सिर्जना गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो बाल्यावस्था सुनाउँदै तनमयले भने, ‘कक्षा ६ मा पढ्थें । खेलौनाका रुपमा हेलिकप्टर किनेको थिए । खेल्ने क्रममा त्यसको पार्टपूर्जा झिकेर ड्रोन बनाएर उडाएँ । घरमा पुरानो साइकल थियो, त्यसको पार्टपूर्जालाई नयाँ रुपमा ढाल्दै ब्याट्रीबाट चल्ने बनाएँ । खेल्ने क्रममै रोबोट पनि बनाएको थिए ।’


Advertisment
Nabil box
Kumari

तनमयको आविष्कारको यात्रा रफ्तारमा गुडिरहेको छ । उनी हालसम्म २० भन्दा बढी नयाँ–नयाँ यन्त्र उपकरणको सिर्जना गरिसकेको बताउँछन् । विज्ञानप्रतिको रूचीले उनलाई मेकानिकल इञ्जिनीयरिङतर्फ डोहोर्‍याउँदै लगेको छ ।

Vianet communication
Laxmi Bank

धनगढीस्थित एक्सिस विद्या आश्रममा कक्षा ९ मा पढ्दै गर्दा उनले ९ महिना लगाएर ‘इजी कार्ट’ नामाकरण गरिएको ३ पाँग्रे मोटर गाडी सार्वजनिक गरेका थिए । जसमा उनलाई सुरुवाती आविष्कारका यन्त्रमा भन्दा बढी सफलता मिलेको थियो ।

पेट्रोल इन्जिन जडान गरिएको इजी कार्टको ७ जना वयस्क मानिस बोक्ने क्षमता रहेको उनी बताउँछन् । प्रति लिटर इन्धनबाट ५५/६० किलो मिटर गुड्न सक्ने गति क्षमता रहेको इजी कार्टलाई मोडिफाई (नयाँ रूप) गरेर दैनिक जीवनमा प्रयोग हुने विभिन्न यन्त्र उपकरणका साथै सुरक्षा निकायको लागि प्रयोग हुने बलियो र सुरक्षित यन्त्र बनाउँन सकिने उनको ठम्याइ छ ।

पछि उनले सो इजी कार्ट काठमाडौंस्थित पुल्चोक इन्जिनीयरिङ कलेजमा आयोजित एक कार्यक्रममा प्रदर्शन पनि गरे । जहाँ निकै वाहवाही मिलेको र आफुलाई निकै हौसला मिलेको तनमय सुनाउँछन् ।

अरुको नक्कल होइन, कसरी नयाँ र मौलिक काम गर्न सकिन्छ ? त्यसैमा उनी तल्लीन छन् । उनले वायुमण्डल हुने विभिन्न ग्यास मापन गर्ने यन्त्र पनि तयार पारेका छन् ।

खासमा वायुमण्डलमा अक्सिजनका अलावा विभिन्न हानिकारक ग्यासको मात्रा कति छ ? सो वायुमण्डलमा बढ्दै गएको हानिकारक ग्यासको मात्रा नियन्त्रण गर्न कुन ठाउँमा कति वटा विरुवा रोप्नुपर्छ ? भन्ने सूचक मापन गर्न आफै प्रोग्रामिङ गरेर यन्त्र तयार गरेको तनमय बताउँछन् । तर त्यसको नाम भने दिन नसकेको उनको भनाइ छ ।

बेकामे हुने बित्तिकै तनमयको तनमन वैज्ञानिक आविष्कारमा केन्द्रीत हुन्छ । घरमै सानो वर्कसप स्थापना गरेका उनले नयाँ–नयाँ परिष्कृत यन्त्र उपकरण बनाउँदै आएका छन् ।

सामान ओसार्नको लागि ड्रोन भन्दा परिष्कृत रुपको होबी वीङ बनाएको बताउँदै उनी भन्छन्–‘मैले बनाएको कुनै पनि उपकरण कसैको नक्कल छैन । नयाँ छन् । दैनिक जीवनमा उपभोग गर्न मिल्ने यन्त्र उपकरण छन् ।’

उनी हालै सानो आकार दिएर जेट विमानको इन्जिन तयार गरेका छन् । डेढ वर्षको अथक प्रयासपछि सो इन्जिन तयार पारेको बताउँदै उनले अझै पनि धेरै सुधार गर्न बाँकी रहेको सुनाए ।

‘जेट इन्जिन लिक्वीड प्रोपेन ग्यास र अक्सिजनको कम्बिनेसन (समिश्रण) बाट चल्छ । सानो आकारको छ । तर त्यसको ग्यास फाल्ने ठाउँमा कति र कुन साइजमा प्वाल पार्ने कुरामा एकिन गर्न नसक्दा सफल हुन सकेको छैन ।’ जेट इन्जिन निर्माणमा हालसम्म ४० हजारसम्म खर्च गरिसकेको उनी बताउँछन् ।

तालीम पनि दिन्छन् तनमय

उनी आफु जस्तै विज्ञान आविष्कार तथा मेकानिकल इन्जिनीरिङमा रुची भएका विद्यार्थीहरुलाई तालिम समेत दिदै आएका छन् ।

रोबोटिकस् एसोसिएसन अफ नेपाल फारवेष्ट नामक संस्था स्थापना गरी ४ महिनायता टेक्नोलोजीवारे तालिम दिदै आएको तनमय बताउँछन् ।

‘टेक्नोलोजीवारे विद्यार्थीहरुलाई सिकाउँने काम पनि गर्दै आएका छौ । ती विद्यार्थीहरुले सफलता समेत हासिल गरेका छन्’, संस्थाको संयोजक समेत रहेका तनमयले आफ्नो सफलता साट्दै भने–‘यन्त्र भन्ने संस्थाले काठमाडौंमा ७ देशको सहभागितामा इन्टरनेश्नल इन्भेन्ट अन्तरगत रोबोट फाइटिङ प्रतियोगिता राखेको थियो । जसको इन्ट्री फि मात्रै २० हजार थियो । जहाँ हामीले तालिम दिएको सरस्वती मावि गेटा, कैलालीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु बिजेता भएर फर्किए । निकै खुशी लाग्यो ।’

तनमयको रोलमोडल मिचिको काकु !

कुनै पनि व्यक्तिको सफलताको पछाडी कुनै न कुनै राज लुकेकै हुन्छ । घरपरिवारको पूर्ण सहयोगसँगै तनमयको तनमनलाई अमेरिकन भौतिक शास्त्री एवं वैज्ञानिक मिचिको काकुको अविष्कार तथा सफलताले डोहोर्‍याइरहेको छ । उनै वैज्ञानिकलाई फलो गर्दै आएका उनले आफ्नो रोल मोडल समेत मान्दै आएका छन् ।

बुवा देवकुमार चौधरी र आमा रविता चौधरीको दोस्रो सन्तानको रुपमा जन्मेका तनमयले कैलाली बहुमुखी क्याम्पसमा विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण गरेका छन् । अब उनी मेकानिकल इञ्जिनीयरिङको लागि तयारी गरिरहेको जनाइएको छ ।

सम्भव भए काठमाण्डौंमा मेकानिकल इञ्जिनीयरिङ पढाउने उनको काका चौधरीले बताए । उनको काका विजयले भने–‘यदि, नेपालमा भएन भने उसलाई पढ्नका लागि विदेश पठाएर भए पनि मेकानिकल इञ्जिनीयर बनाउँछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x